“अखिलको आन्दोलनवाट प्राप्त उपलब्धी रक्षा गर्नेे तागत र ल्याकत म संग छ”ः सचिवालय सदस्यका उम्मेदवार सुदीप रेग्मी

sudip regmi photo (2)अनेरास्ववियुको २२ औ राष्ट्रिय सम्मेलन माघ २७ गते देखि २९ गते सम्म काठमाण्डौमा हुदैछ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । धेरैले चाहाना गरेका छन् । तर आकाक्षींहरु मध्ये सचिवालय सदस्यमा बलिया उम्मेदवारका रुपमा  रहेका विद्यार्थी नेता सुदिप रेग्मी संग गरिएको कुराकानी ः

प्रश्न ः सचिवालय सदस्यमा तपाईको उम्मेदवारी किन ?
उत्तर ः २२ औं राष्ट्रिय महाधिवेशनपछि अनेरास्ववियुलाई नयाँ कार्यदिशा र नया कार्यभारका साथ अगाडी वढाउन जरुरी छ । त्यसका लागी अहिले देखिएको शैक्षिक क्षेत्रको अन्यौललाई चिर्दै एउटा सक्षम परिश्रमी र प्राज्ञिक जनशक्ति निर्माण गरी आम परिवर्तन गर्नुको साथै यो अभियानलाई पुरा गर्नका निम्ति मेरो उम्मेदवारी हुनेछ । Read the rest of this entry »

पत्रकार महासंघ चितवनमा ‘अनन्तगंगा पत्रकारिता पुरस्कार’को स्थापना

नेपाल पत्रकार महासंघ, FNJ-puraskarले ‘अनन्तगंगा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ । व्यवसायी बालगोपाल चुके र उनका परिवारको सहयोगमा महासंघले पुरस्कार स्थापना गर्ने भएको हो । अनन्तगंगा पत्रकारिता पुरस्कार स्थापनार्थ महासंघ र चुके परिवारबीच सोमबार नारायणगढमा सम्झौता समेत भएको छ । सम्झौतामा महासंघको तर्फबाट अध्यक्ष हरिप्रसाद पोखरेल र चुके परिवारका तर्फबाट बालगोपाल चुकेले हस्ताक्षर गरेका छन् ।

आफ्ना पीता एवम् अद्धैत संस्थाका प्रधान कुलपति अनन्तलाल चुके र माता गंगादेवी चुकेको ८४ पूजा एवम् पूर्णचन्द्र दर्शनको सन्दर्भ पारेर चुकेले महासंघको स्वामित्व रहने गरी पुरस्कार स्थापना गर्न सहयोग गरेका हुन् । पुरस्कार हरेक वर्ष एक जना चितवनका पत्रकारलाई प्रदान गरिनेछ । पुरस्कारको राशी ५० हजार ५१ रुपियाँको रहने र समयानुकुल वृद्धि गर्दै लगिने महासंघले जनाएको छ । पुरस्कार पहिलोपटक महासंघको माघ २७ गते हुने साधारण सभामा वितरण गरिनेछ ।

पुरस्कार प्रदान गर्न दश लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने र त्यसैको ब्याजबाट वितरण गरिने पनि सम्झौता पत्रमा उल्लेख छ । पुरस्कारलाई व्यवस्थित बनाउन महासंघका अध्यक्षको संयोजकत्वमा कोष सञ्चालन तथा व्यवस्थापन सोिमति निर्माण गरिनेछ । यसैगरी पुरस्कार छनौटका लागि पनि महासंघले अध्यक्षकै संयोजकत्वमा छनौट समिति गठन गरी नाम तय गर्ने जनाइएको छ ।

Read the rest of this entry »

Older posts «

» Newer posts