«

»

पचास जनाद्वारा रक्तदान

भरतपुर, १ चैत
युवा व्यवसायीहरुको सामाजिक संस्था नारायणगढ राउण्ड टेबल –१४ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा सात जना महिलासहित ५० जनाले रक्तदान गरेका छन् ।
“बि अ रियल हिरो” भन्ने नाराका साथ गर्मी मौसममा रगत अभाव नहोस् भनेर देशव्यापी रुपमा बृहत् रक्तदान कार्यक्रम गरेको नारायणगढ राउण्ड टेबल –१४ सचिव विकास वर्माले जानकारी दिए । नारायणगढ राउण्ड टेबलका अध्यक्ष प्रेम राडीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा उवासंघ चितवनका अध्यक्ष राजन गौतम प्रमुख अतिथि रहेका थिए ।
राउण्ड टेबलका पूर्व अध्यक्ष विवेक प्रकाश शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूर्व अध्यक्ष कपिलसागर कर्माचार्यलगायतले बोलेका थिए ।