«

»

राजुदत डा‍. शुरेशचन्द्र चालिसे अख्तियारको कठघरामा उभिने

(अव वेलायतका नेपाली राजुदत डा‍. शुरेशचन्द्र चालिसे अख्तियारको कठघरामा उभिने ।। राजदुतावासकै कर्मचारीद्वारा अख्तियारमा मुद्दा दर्ता । हेर्नुस दुतावासकी कर्मचारी दमन्ता देवी खरेल भट्टले गरेको नालिशको पूर्ण पाठ ।।)चितवन डट कम । लण्डन सम्वाददाता । नेपाली दुतावास वेलायतमा अहिले भाडभैलो मच्चिएको छ । राजदुत र राजदुतावासमा काम गर्ने करारका केही कर्मचारीका विचमा देखिएको द्वन्दले अख्तियारको ढोका ढक्ढकाएको छ ।

दुतावासमा करारमा नियुक्त भए विगत ५ वर्ष एक महिना काम गरिसकेकी दुतावासकी सहायक स्तरकी कर्मचारी दमन्ता देवी खरेल भट्टलाइ राजदुतले करार अवधि पुरा भएको भन्दै हाजिर गर्न रोक लगाए पछी दुतावासका आन्तिरक कुराहरु सवै संचार माध्यममा छताछुल्ल भएका छन ।

राजदुतावासमा के के हुदाँ रहेछन र के के भएछन भन्ने कुराको सामान्य अनुमान निवदेक  खरेलको व्यहोरावाट समेत सजिलै अवगत हुन्छ ।  यो विषय अनलाइनका मिडियामा देखि लिएर नेपालमा प्रशारण हुने मुख्य मुख्य टेलिभिजन च्यानलहरुमा समेत सनसनीपूर्वक फैलिसकेको छ ।

चितवन डटकमका सम्वाददातासंग फेसवुकमा सम्वाद गर्दै खरेलले भनिन यो मेरो मात्र मु्द्दा होइन मेरो जागिर रहने नरहने ठूलो कुरा होइन तर दुतावासमा हुने अनिमियताहरु रोकीनु पर्छ ऽ अख्तियारले पदका दुरुपयोग गर्नेहरुलाइ कारवाहीको दायरामा ल्याउनु पर्ने वताइन । उनले अगाडि भनिन राजदुतले कार्यलयका कर्मचारीहरुलाइ जागिर नै खाइदिन सक्ने भन्दै धम्काउने र आर्थीक रुपमा ठूलै हिना मिना समेत हुने गरेको वताइन । राजदुतावासमा उनीलाइ मात्र राजदुतले त्यस्तो व्यवहार देखाउदैन उनि भन्दा तल्लो तहका सवै कर्मचारीहरु समेत रुष्ट रहेको जानकारी दिइन ।

स्मरणीय छ वेलायतको राजदुतावास तथा राजदुत र त्यहा रहेका अधिकांश नेपालीहरु खासगरी एनआरएन वेलायत विच विगत केही महिना देखी  एउटा शित युद्द नै जारी छ ।

यसै सम्वन्धित समाचारका यो भिडियो पनि हेर्नुहोस ।

यसै दामन्तले दायर गरेको उजुरी यस्तो छ अख्तियारमा त्यो पनि हेर्नुस ।

अख्तियारमा गएकी दामन्त देवी खरेल । तस्विर फेसवुक प्रोफाइलवाट ऽ