«

»

“अखिलको आन्दोलनवाट प्राप्त उपलब्धी रक्षा गर्नेे तागत र ल्याकत म संग छ”ः सचिवालय सदस्यका उम्मेदवार सुदीप रेग्मी

sudip regmi photo (2)अनेरास्ववियुको २२ औ राष्ट्रिय सम्मेलन माघ २७ गते देखि २९ गते सम्म काठमाण्डौमा हुदैछ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । धेरैले चाहाना गरेका छन् । तर आकाक्षींहरु मध्ये सचिवालय सदस्यमा बलिया उम्मेदवारका रुपमा  रहेका विद्यार्थी नेता सुदिप रेग्मी संग गरिएको कुराकानी ः

प्रश्न ः सचिवालय सदस्यमा तपाईको उम्मेदवारी किन ?
उत्तर ः २२ औं राष्ट्रिय महाधिवेशनपछि अनेरास्ववियुलाई नयाँ कार्यदिशा र नया कार्यभारका साथ अगाडी वढाउन जरुरी छ । त्यसका लागी अहिले देखिएको शैक्षिक क्षेत्रको अन्यौललाई चिर्दै एउटा सक्षम परिश्रमी र प्राज्ञिक जनशक्ति निर्माण गरी आम परिवर्तन गर्नुको साथै यो अभियानलाई पुरा गर्नका निम्ति मेरो उम्मेदवारी हुनेछ ।

प्रश्न ः यो पदका लागी तपाई के कारणले योग्य हुनुहुन्छ ?
उत्तर ः म २०५७ साल देखि विद्यालयको प्राक अध्यक्ष हुदैं १५ औ राष्ट्रिय सम्मेलनमा प्रतिनिधी, क्षेत्रिय कमिटिको सचिव, जिल्ला कमिटि सदस्य, सचिवालय सदस्य हुदैं जिल्ला उपाध्यक्ष , २०६२ सालमा बिरेन्द्र क्याम्पस चितवनको स्ववियु उपसभापति , संगठनको नारायणी अञ्चल सदस्य, २० औं राष्ट्रिय सम्मेलन पछि मनोनित केन्द्रिय सदस्य, २१ औं सम्मेलनमा नारायणी अञ्चलवाट केन्द्रिय सदस्यमा निर्वाचित हुदैं अहिले मध्यमाञ्चलवाट सचिवालयको उम्मेदवार बन्दैछु । मैले जुन पदमा रहेर काम गरे संगठन र पार्टीलाई सुदृढ र थप मजवुद बनाउन अहोरात्र भूमिका गरे । माघ १९ को तत्कालिन शाही कु पछि जनता र लोकतन्त्रको पक्षमा सडक तताउदां मलाई प्रहरीले गिरफ्तार गरी ८ दिन हिरासतको चिसो छिडींको अनुभव पनि म संग छ । यस कारण म अहिले सचिवालय सदस्यका लागी हरेक कोणवाट योग्य बनेर यो सम्मेलनमा उपस्थित छु ।

प्रश्न ः संगठन भित्र छिटो छिटो नेतृत्वमा पुग्ने होडवाजी देखिन्छ । यसलाई तपाईले कसरी चिर्न सक्नुहुन्छ ?
उत्तर ः मैले माथी उल्लेखित सवै कमिटिका जिम्वेवारी तल्लो तह देखी यहां सम्म आईपुगे । नेतृत्व भनेको चीज रातारात स्थापित हुन सक्दैन । कुनैवेला  अपवादमा नेतृत्वमा पुग्न सकिएला तर लामो समय टिक्न सक्दैन । त्यसकारण नेतृत्वको अनुभव, सवलाई मनछुने हुन सकनुपर्छ । जिम्मेवारी लिन सक्नुपर्छ । अखिलको आन्दोलनवाट प्राप्त उपलब्धीलाई सवै विद्यार्थीको विचमा सकारात्मक ढंगले लैजादैं रक्षा गर्न सक्नुपर्छ । र त्यो तागत र ल्याकत म संग छ ।
त्यसैले सचिवालय सदस्यको जिम्मेवारी वहन गर्ने तयारीमा छु । सबैलाई गुटको राजीनितीवाट माथी उठेर मौका दिन सबै प्रतिनिधी कामरेडहरुलाई अनुरोध गर्दछु ।

प्रश्न ः अखिलाई कस्तो बनाउने सपना छ ?
उत्तर ः बैचारिक, राजनितिक ईमान्दार, सक्रिय, भ्रष्टाचार मुक्त कार्यकर्ता सहितको अखिल मेरो सपना हो । पूर्व अध्यक्षहरु रविन्द्र अधिकारी, खिमलाल भट्टराई, ठाकुर गैरे देखि माधव ढुंगेल जस्ता रहरलाग्दा भरोसा योग्य नेताहरुको मार्गदर्शनमा सबै बिद्यार्थीहरुको आकर्षणको संगठन बनाउने प्रतिवद्धता पनि ब्यक्त गर्दछु ।

प्रश्नः निर्वाचन लड्दै गर्दा जित्ने भरपर्दो आधार के छ ?
उत्तर ः मलाई संगठनका अग्रज नेताहरुको सल्लाह, सहयोद्धाहरुको साथ र कार्यकर्ताहरुको माग छ । संगठनका लागी जति गरेको छु अझ धेरै गर्ने अठोट छ । पूर्व मेची देखि पश्चिम महाकाली सम्म बिराटनगर, काठमाण्डौ, पोखरा ,चितवन, वुटवल, नेपालगञ्ज, जनकपुर, धनगढी, झापा, वीरगञ्ज जस्ता शहरहरु अनि देशका कुना कन्दरामा संगठनका लागी श्रम र पसिना लगानी गर्नुभएका सवै कामरेडहरुले उत्साह दिनुभएको छ । चुनाव जित्नेमा म सत प्रतिशत ढुक्क छु ।