«

»

प्रेस युनियन काठमाडौँ शाखाको साधारणसभा पुस १६ मा हुने

काठमाडौँ, १६ मङ्सिर । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको साधारणसभा आगामी पुस १६ गते हुने भएको छ ।

शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर पुस १६ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

यस्तै ‘संविधान कार्यान्वयनको चुनौती र नेपाली सञ्चार माध्यमको भूमिका’को बारेमा आगामी मङ्सिर १८ गते अन्तरक्रिया गर्ने भएको छ ।

‘कृष्णप्रसाद भट्टराई अक्षय कोष’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन शाखाका अध्यक्ष अर्याल, सचिव महेश्वर गौतम र सदस्य अच्युत रेग्मी रहने गरी उपसमिति गठन गरिएको छ ।

बैठकले अन्तर्राष्ट्रिय पत्रकार समाजको अग्रसरतामा थालिएको पत्रकारकोे सुरक्षाका लागि ‘डिजिटल अभियान’लाई सफल बनाउन शाखाका सम्पूर्ण सदस्य क्रियाशील रहने निर्णयसमेत गरेको छ । रासस