«

»

महोत्सव कृषि क्षेत्रमै केन्द्रित छ : कल्याण जोशी

kalyanसंयोजक, चितवन महोत्सव २०७१ मूल आयोजक समिति एवम्
अध्यक्ष, उद्योग वाणिज्य संघ–चितवन

चितवन महोत्सव २०७१ ले यसअघिका महोत्सव भन्दा नयाँ के दिँदैछ ?
विगतमा जस्तै चितवन महोत्सवले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ अन्तरगत केरा तथा माछा सम्वन्धी डमी महोत्सवमा विशेष प्रदर्शनका रुपमा राखिएका छन् । महोत्सवको अन्य नयाँ आकर्षणका रुपमा हेल्दी बेबी प्रतियोगिता, पर्यटन टुर प्याकेज र महोत्सवको डिजिटल सर्वेक्षण रहेका छन् । स्पेन र आयरल्याण्डका तीनजना विशेषज्ञ पाईलटहरुबाट महोत्सवमाथिको आकाशमा आज (शुक्रबार) र भोलि (शनिबार) ‘पाराव्याटिक्स शो’ पनि हुँदै छ । महोत्सव अवधिभर हेलिकप्टरद्वारा चितवनका रमणीय स्थलहरु अवलोकन गर्न सकिनेछ । यसका लागि विश्वका च्याम्पियन प्यारामोटर पाईलटहरु स्पेनबाट दुइजना र आयरल्याण्डबाट एकजना आउँदैछन् । यसका साथै नारायणी नदी किनारमा स्थानीय प्रविधिद्वारा पानीको फोहोरा राखिएको छ ।
यसपालि यहाँहरु कुन क्षेत्रमा बढी केन्द्रित हुनुहुन्छ ?
यसपालि पनि हामी कृषि क्षेत्रमै बढी केन्द्रित छौँ । चितवनको समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पु¥याउने महोत्सवको उद्देश्य भएकाले चितवनमा हवको रुपमा विकसित कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासमा हाम्रो ध्यान केन्द्रित छ ।
महोत्सवले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिनुको कारण के हो ?
चितवन कृषिको सम्भावना भएको राम्रो जिल्ला हो । नयाँ उन्नत जातको खोजी गरी आधुनिक र वैज्ञानिक विधिले खेती गर्न किसानलाई अब पनि सघाइएन भने चितवनको कृषिमा अहिले देखिएको सम्भावना सेलाएर जानेछ । यसो हुँदा प्रतिभा पलायन बढ्छ । यसैले कृषिप्रति धेरै उत्साही युवालाई कृषि क्षेत्रमा अझ आकर्षित गर्न सकिने उद्देश्यले महोत्सवले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको हो ।
चितवन महोत्सवको दशौं संस्करणबाट आयोजकको समग्र अपेक्षा के छ ?
महोत्सवमा केरा र कृषि लगायतका अन्य क्षेत्रलाई चासो देखाइएपछि यस क्षेत्रमा यहाँका किसानहरु थप लाभान्वित हुनेछन् । लगानी बढ्ने अपेक्षा समेत हाम्रो छ । वित्तीय क्षेत्रले पनि किसानहरुलाई कृषिमा लगानी गर्न प्रोत्साहित गर्नेछन् । कृषि क्षेत्रमा चितवनवासीले जगाएकोे आशालाई सरकार र स्थानीय निकायले पक्कै सम्बोधन गर्नेछ ।
स्वदेशी पूँजी, सीप, उत्पादन र बजारको संरक्षण र बढावाका लागि महोत्सवले कस्तो भूमिका निर्वाह गर्नेछ ?
महोत्सवभरि मात्रै चिन्ता र चासो राख्ने, पछि वास्ता नगर्ने हुन् कि भन्ने चिन्ताले किसानको आशालाई त्रासमा बदल्ने खतरा नभएको होइन । किसानले धेरै लगानी गर्ने तर प्रतिफल भने कम पाउने गरेका छन् । यसो हुन नदिन र यस क्षेत्रमा कृषकहरुको लगाव बढाउन स्वदेशी पूँजी, सीप, उत्पादन र बजार क्षेत्र पनि विस्तार गरिनेछ ।
चितवन महोत्सवबाट आयोजकले कति आम्दानी र खर्च हुने लक्ष्य राखेको छ ? बचतलाई के कुरामा सदुपयोग गरिने छ ?
महोत्सवमा करिब पाँच लाख व्यक्ति सहभागि हुनेछन् । महोत्सव अवधिभर २० करोड रुपैयाँको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । महोत्सवको अनुमानित बजेट एक करोड ७६ लाख रुपैयाँ रहेको छ । महोत्सवको खर्च एक करोड ४१ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ । महोत्सवबाट संकलित आम्दानीमध्ये ६० प्रतिशत रकम नारायणी नदी किनारको संरक्षणमा खर्च गरिने छ भने बाँकी रकम महोत्सव सचिवालयको लागि खर्चिनेछ ।
महोत्सवमा दर्शकको उपस्थितिलाई व्यवस्थित गर्न र सुरक्षालाई मजबुत बनाउन कस्तो रणनीति अपनाइएको छ ?
महोत्सवको बाह्य सुरक्षालाई दृष्टिगत गरी चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बाह्य सुरक्षा समिति सहित महोत्सव अन्तर्गत सञ्चालन गरिने विभिन्न कृयाकलापहरुका लागि २५ वटा कार्यगत समितिहरु गठन गरिएको छ । चितवन महोत्सवलाई भव्यताकासाथ सम्पन्न गर्न करिब छ सय सदस्यीय मूल समिति, ३६ सदस्यीय स्टेयरिड्ड समिति, ४२ सदस्यीय सल्लाहकार समितिहरु निर्माण गरी सम्पूर्ण समितिहरुले आ–आप्mनो कार्यलाई अगाडि बढाएका छन् ।
महोत्सव उद्घाटनको तयारी कस्तो छ ?
चितवन महोत्सव सुरु हुनुअघि महोत्सव परिसरबाट शुक्रबार विहान बृहत शोभायात्रा निकालिदैछ । विभिन्न जातजाती तथा समुदायको भेषभूषा र झाँकीसहितको शोभायात्रा लिलाचोक, दियालोरोड, नारायणगढ बसपार्क, क्षयरोग चोक, प्रगतीपथ, मिलनरोड, सहिदचोक, लायन्सचोक, पुलचोक, मेनरोडहुँदै हरिहरमन्दिर चोकबाट महोत्सव परिसरमा पुगेर टुङ्गिनेछ । महोत्सवको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुहुनेछ ।