«

»

अर्गानिक खेती प्रणालीले साह परिवार माडीकै नमुना किसान 

shanta photoशान्ता अधिकारी
माडी, १ चैत
तरकारी खेती सुरू गर्दा माडी नगरपालिका–७ गोपालनगरकी ४९ वर्षीया एगिन्द्र साहसँग समूहबाट लिएको केही ऋणबाहेक सम्पत्ति केही थिएन । मुस्किलले खान पुग्ने साह परिवार अहिले माडीकै नमुना किसानमा गनिएको छ । साह परिवारले नमुना अर्गानिक तरकारी खेतीबाट दरिलो आम्दानी गर्दै आएको छ ।
२०५६ सालमा माडीको हरिनगरमा आएको बाढीले साह परिवारको २७ कठ्ठा खेतीयोग्य जमिनलाई बगर बनाइदियो । तीन सन्तानकी आमा एगिन्द्रलाई पर्नुसम्म विपत आइलाग्यो । श्रीमान्को जागिर थिएन । ती दिन सम्झँदै साह भन्छिन्, “स–साना लालाबाला, काखमा च्यापेर माइतीको जग्गामा खेती गर्न थालेँ । परम्परागत रूपमा गरिँदै आएको मकैलगायत अन्न र आलुलगायत तरकारी खेती गर्न थालेँ ।”


२०६४ सालमा कालिका सामुदायिक महिला विकास केन्द्र माडीले सक्षम कार्यक्रम सञ्चालन गरेसँगै एगिन्द्र समूहमा आवद्ध भएको बताउँछिन् । “समूहमा दिदीबहिनीसँग छलफल गरी दीपज्योति महिला बहस केन्द्र स्थापना गरियो”, उनले भनिन् । केन्द्रमा सचिवको जिम्मेवारी पाएकी एगिन्द्रले १८ हप्ताको कृषि पाठशाला तालिम लिने अवसर पाइन् । सोही तालिमले उनको जीवनको बाटो नै मोडिदियो ।
तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्नको लागि उनले परिवारको सहयोगमा अर्गानिक तरकारी खेतीको सुरूवात गरिन् । बारीमा खुर्सानीको झार उखेल्दै गरेकी साह भन्छिन्, “खान, लगाउन मुस्किल थियो । तरकारीले नै यहाँसम्म ल्याइपु¥यायो ।”
उनको बारीमा अहिले खुर्सानीका साथै करेला, टमाटर, फर्सी, लौका, भेन्टालगायतका तरकारी छन् । दुई सय कागतीका बिरुवा यस वर्ष थप गरिएको छ । उनले साढे १७ कठ्ठामा माछापालनसमेत गरेकी छन् । साह परिवारले यही तरकारी खेतीले तीन भाइ छोरा राम्रोसँग पढाएको छ । वर्षमा दुईदेखि साढे दुई लाखको हाराहारीमा आफैंले उब्जाएको तरकारी बिक्री गरेकी छन् उनले ।
बाढीले भएभरको सम्पत्ति बगाइ दिएपछि परिवार पाल्न नसकेको पीडालाई यही तरकारी खेतीले भुलाइदिएको छ । खेतीका लागि जग्गा जमिन भाडामा लिने र ऋण तिर्न सक्ने अवस्थामा साह परिवार पुगेको छ ।
“घरको लागि मात्र अर्गानिक तरकारी खेती गदै आइएका थियाँै”, उनले भनिन् । रासायनिक मल प्रयोग नगरी बाली नै उत्पादन हुँदैन भन्ने परम्परागत मान्यतालाई चिर्दै उनी अर्गानिक तरकारी उत्पादन गर्न लागि परेकी छन् ।
अर्गानिक तरकारी खेतीले चकित बनाएको बताउने साहले खेतमा युरिया मलको साटो गोबरको मल, किटनाशकको विकल्पमा गाईको गहूँत र खरानी प्रयोग गरिरहेको साहले बताइन् । युरिया र विषादी प्रयोग नगरे पनि तरकारी उत्पादनमा कुनै कमी नआएको उनको अनुभव छ ।
उपभोक्ताहरुमा कीटनाशक र मल प्रयोग नगरी उत्पादन भएका तरकारीबारे जानकारी पाएर विस्तारै अर्गानिक तरकारीप्रति आकषर््िात हँुदै गएकाले साह परिवारलाई बजारको समस्या छैन । “अहिले उत्पादित तरकारीकोे बजार माडी क्षेत्रमात्रै रहेको छ”, उनले भनिन् । उपभोक्ताहरुमा अर्गानिक तरकारीको मह¤व बुझाउन सकेको खण्डमा यस्ले भविष्यमा राम्रो स्वाथ्य र फाइदा दिने उनी बताउँछिन् ।
छलफल केन्द्रले एगेन्द्राजस्ता छलफल समूहमा आवद्ध महिला दिदीबहिनीहरुलाई दिगो रुपमा बचत गर्ने बानीको विकास गराउन ज्वाला महिला कृषि सहकारी संस्था स्थापना गरेको छ । सहकारीमा ३०७ जना अति विपन्न महिलाहरु आवद्ध छन् । मासिक पचास रुपैयाँ बचत गर्दै आएका समूहका महिलाहरुले सहजै रुपमा तरकारी खेती, व्यापार, बंगुरपालन, स्वाथ्य शिक्षामा ऋण लिने गरेका छन् ।