«

»

क्यान्सर अस्पताललाई सहयोग

12591915_10153536865224132_841578822_oभरतपुर, ९ माघ
गरिमा स्मृति प्रतिष्ठानको तर्फबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई शनिबार ८० हजार रुपियाँसहित चार थान बेड सहयोग प्राप्त भएको छ
प्रतिष्ठानका संरक्षक गङ्गाराम कँडेलले अस्पतालका कार्यकारी निर्देशक डा. चिनबहादुर पुनलाई सो सहयोग हस्तान्तरण गरेका हुन् । आफ्नी छोरी गरिमा कँडेलको क्यान्सरकै कारण दुई वर्षअघि निधन भएपछि कँडेल र उनकी श्रीमती चन्द्रकला निरौलाले प्रतिष्ठान स्थापना गरेका थिए ।
क्यान्सर लागेका बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले २० लाख रुपियाँमा अक्षयकोष स्थापना गरिएको कँडेलले जानकारी दिए । अक्षयकोषबाट प्राप्त हुने ब्याज र थप सहयोग जुटाएर परोपकारी काममा सहयोग गरिएको दाजु गोविन्दप्रसाद कँडेलले बताए । गरिमाको १८ वर्षको उमेरमा आयरल्याण्डमा निधन भएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. पुन, सहायक कार्यकारी निर्देशक डा. देजकुमार गौतम, क्यान्सर सेवा समाजका अध्यक्ष श्याम लामिछानेलगायतले मन्तव्य राखेका थिए ।