चट्याङ लागेर दुईको मृत्यु पाँच घाइते

जिरौना, १ चैत
चट्याङ लागेर पूर्वी चितवनको जिरौनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका १० मा रहेको हरिकृष्ण इँटा उद्योगमा कार्यरत मजदुरहरु बसेको ठाउँमा सोमबार चट्याङ पर्दा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सर्लाही जिल्ला रन्जितपुर गाविस ९ स्थायी घर भएका १६ वर्षीय दिनेश माझी र सोही जिल्लाको हजरिया गाविस ५ बस्ने २४ वर्षीया रीता राईको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङले लागेर सिन्धुली नरेन खोला स्थायी घर भएका २१ वर्षीय सुरेश राई, सर्लाही रन्जितपुरका २२ वर्षीय उमेश माझी, सोही जिल्ला हजरियाका १६ वर्षीय निर्मल माझी, महोत्तरी वर्दिबासका २३ वर्षीया सीता भुजेल र सिन्धुली मन्टीनखोलाका ३२ वर्षीय गौरीबहादुर राई घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुरेश राईको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य रहेको छ । सो उद्योगमा कार्यरत मजदुरहरु पानी परेपछि एकै ठाउँमा जम्मा भएर बसिरहेको बेला चट्याङ परेको थियो ।

मानवीय कारण जल प्रदूषण बढ्दो

Still0218_00000आनन्द पोखरेल
नारायणगढ, ६ फागुन
पछिल्लो समय बढ्दै गएको सहरीकरणका कारण मानवीय फोहोर बढ्दै गएको छ । मानवीय कारणले निस्किएका फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा वातावरणीय समस्यासमेत देखिने गरेको छ । मानवीय फोहोरलाई राम्रोसँग व्यवस्थित गर्न नसक्दा नदीनालाहरु प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएका छन् ।
मानवीय सभ्यताको विकाससमेत नदी–नाला तथा खोलाको छेउछाउबाट भएको देखिन्छ । मानिसहरुको विभिन्न क्रियाकलापका कारण नै दिनप्रतिदिन नदी तथा ताल तलैया प्रदूषित बन्दै गएको छ । नदी प्रदूषणका कारण नेपालका विभिन्न नदीनालाहरुमा समेत विस्तारै असर पर्दै गएको छ । जल प्रदूषणका कारण चलचर प्राणीमा प्रत्यक्ष रुपमा असर पर्दा यसले प्राकृतिक पारिस्थितिक पद्धतिलाई समेत असर पु¥याउने विज्ञहरु बताउँछन् ।

Read the rest of this entry »

Older posts «

» Newer posts