«

»

पाठेघरको क्यान्सर परीक्षण

भरतपुर, ६ फागुन
नेपाल अर्बुद रोग निवारण संस्था चितवनको आयोजनामा बिहीबार स्याउलीबजार टोल विकास संस्था भरतपुुर–१० मा महिलाहरुको पाठेघरको क्यान्सरसम्बन्धी परीक्षण कार्यक्रम भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४२ जना महिलाहरुको परीक्षण गरिएको छ ।
टोल विकास संस्थाका अध्यक्ष तुलसी ज्ञावलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका सभापति दिनेशकुमार चुकेको अध्यक्षतामा भएको थियो कार्यक्रमको संयोजन संंस्थाका सदस्य गौरीश्वर सापकोटाले गरेका थिए ।
कार्यक्रममा गोविन्दप्रसाद पौडेल, राकेशमान श्रेष्ठ, राजेन्द्रकुमार पिया, प्रेमप्रभा अधिकारी, केशव अधिकारी, कृष्णा तिमिल्सीनालगायतको उपस्थिति रहेको थियो ।