«

»

अर्गानिक करेसाबारी तालिम 

भरतपुर, १ चैत
दीपज्योति बचत तथा ऋण सहकारी संस्था भरतपुर ११ चितवनको आयोजना तथा महिला विकास उपसमितीको संयोजनमा आइतबारबाट सुरू भएको दुई दिने अर्गानिक करेसाबारी तालिम सोमबार सकिएका छ ।
बचत तथा ऋणको कारोबारमार्फत आफ्ना सेयर सदस्यमाझमा निकै लोकप्रिय बन्न सफल दीपज्योति साकोसले सामाजिक उत्तरदायित्व वहनको क्रममा महिला सेयर सदस्यको आर्थिक स्तरोन्तिसँगै सशक्तीकरणका लागि कार्यक्रम आयोजना गरिएको महिला विकास उपसमिती संयोजक भगवती घिमिरेको भनाइ छ ।
तालिम समापन कार्यक्रममा संस्थाका अध्यक्ष भोला शिवाकोटीले महिला सेयर सदस्यको सृजनशीलता र उद्यमशीलता बढाउन यस किसिमका तालिम निकै उपयुक्त हुने बताए । उनले आगामी दिनमा समेत यस्तै विभिन्न कार्यक्रममार्फत सेयर सदस्यलाई सेवा पु¥याउने उनको भनाइ छ
२५ जना महिला सेयर सदस्यको सहभागी रहेको यस तालिमबाट खेर गएको करेसामा अर्गानिक तरकारी खेतीमार्फत स्वस्थ तरकारीको उत्पादन गरी प्रयोग गर्न र अरुलाई अग्रसर हुन समेत प्रेरणा मिल्ने तालिमकी सहजकर्ता तथा सफल कृषक तुलसी ज्ञवालीको भनाइ छ ।