«

»

बचत तथा ऋणबारे प्रशिक्षण

रत्ननगर ०१ चैत
सहकारीबाट ऋण लिएर उद्यामी बनेका रत्ननगरका महिलाहरुलाई सोमबार बचत तथा ऋणसम्बन्धी प्रशिक्षण दिइएको छ । १०६ औं नारी दिवसको अवसर पारेर सिद्धेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा महिलाहरुलाई बचत तथा ऋण र महिला अधिकारको बारेमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा ५१ जना उद्यमी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बचत तथा ऋणको बारेमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका निरीक्षक मिष्टरबाबु घिमिरे र महिला अधिकार तथा नारी दिवसका बारेमा कार्यक्रम संयोजक एवम् अधिकारकर्मी विमला दुवाडीले प्रशिक्षण दिएका थिए ।
जिल्ला सहकारी संघका सदस्य प्रेमनाथ दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष सीतादेवी शर्मा, रत्ननगर रेडक्रसकी सचिव निता ढकाल, संस्थाकी सदस्य ज्वाला वनलगायतले बोलेका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष प्रमिला ढकालको अध्यक्षतामा भएको थियो ।