«

»

प्रदर्शन कार्यक्रममा सहभागी हुन अपील

सहमतिबाट संविधान जारी गर्ने मिति एक महिना बाँकी छ भन्ने सन्देश दिन नेपाल पत्रकार महासंघले देशभर २०७१ पुस ८ गते मंगलबार विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शनको कार्यक्रम राखेको छ । केन्द्रीय कार्यक्रम बमोजिम नेपाल पत्रकार महासंघ, चितवनको आयोजनामा समेत तपसिल बमोजिम शान्तिपूर्ण प्रदर्शन कार्यक्रम राखिएकोले प्रदर्शन कार्यक्रममा सहभागी भइदिन महासंघ सम्पूर्ण पत्रकार, कानुन व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापक, शिक्षक, मानवअधिकारकर्मी, नागरिक समाजलगायत सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
मिति ः २०७१ पुस ८ गते मंगलबार
समय ः विहान ११ बजे
स्थान ः जिल्ला प्रशासन कार्यालय, चितवन

हरिप्रसाद पोखरेल
अध्यक्ष
नेपाल पत्रकार महासंघ, चितवन