«

»

सेनानी मेघनाथको निधन

भरतपुर, २२ भदौ
प्रजातन्त्र सेनानी संघ, चितवनका उपाध्यक्ष मेघनाथ अर्यालको उपचारको क्रममा चितवन मेडिकल कलेजमा शनिवार विहान निधन भएको छ । उनी नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ का सल्लाहकार समेत रहेका थिए ।
उच्च रक्तचापको विरामी रहेका अर्यालको विगत आठ दिन देखि सघन उपचार कक्षमा उपचार भइरहेको थियो । पूर्वी चितवनको जुटपानीका स्थायी बासिन्दा अर्यालको घरमा प्रजातन्त्रको पक्षमा क्रियाशिल रहेकै अवस्थामा  बिरोधीहरुबाट २०३५ साल साउन ५ गते आक्रमण र डकैती भएको थियो ।
तत्कालीन गाउँ कमिटि निर्वाचनमा ८० प्रतिशत भन्दा बढि मत प्रजातन्त्रको पक्षमा आएदेखि उनी  निशानामा परेका थिए । तनहँुको रारुमा ७० वर्ष अघि जन्मिएका  उपाध्यक्ष सेनानीका चार छोरा, एक छोरी र एक श्रीमती रहेका छन् । उनको शनिवार नै देवघाटधाममा अन्त्येष्टी गरियो ।