«

»

एमालेका ‘बागी’ उम्मेदवार भेटवाल अस्वस्थ

चितवन । चितवन क्षेत्र नं. १ मा एमालेका तर्फबाट ‘बागी’ उम्मेदवार बनेका जागृतप्रसाद भेटवाल थप अस्वस्थ भएका छन् । उनी क्यान्सर रोगबाट पीडित थिए । क्षेत्र नं. १ मा पार्टी स्थायी समितिले भेटवालको सट्टामा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउँदै आएपछि उनी तनावमा परेका थिए । आज प्रत्यक्षतर्फ उम्मेदवारी दिन लागेका भेटवाल पूर्वी चितवनमा बढि चुनावी प्रचार प्रसारमा लागेका थिए । चितवन क्षेत्र नं. १ ले पार्टी स्थायी कमिटीको निर्णयका विरुद्ध भेटवाललाई नै समर्थन गरेपछि आफ्नो पक्षमा निर्वाचनको थप माहोल बनाउन दौडधुपमा लाग्दा उनी थप अस्वस्थ भएको भेटवालका सभर्थकहरुले बताए । 
क्यान्सर अस्पतालका चिकित्सक श्रोतका अनुसार भेटवालको स्वास्थ्य प्रतिवेदन पहिलेभन्दा जटिल भएको पाइएको छ । उनलाई थप उपचारका लागि भारत लैजानपर्ने अवस्था समेत आउन सक्ने भएकाले चिकित्सकको सल्लाहअनुसार मात्रै उनको प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लाग्ने उनी निकट श्रोतले बतायो । ‘अस्वस्थ अवस्था रहिराखेमा भेटवालले एमालेबाट दिन लागेको बागी उम्मेदवारीबारे पुनर्विचार हुनसक्छ ।’ उनी निकट श्रोतले भन्यो । यसअघि बाजागाजासहित पूर्वी चितवनबाट आएको वृहत ¥यालीले भेटवालको पक्षमा नाराजुलुससहित उम्मेदवारी दर्ता गर्ने तयारी चितवन क्षेत्र नंं. १ को पार्टी कमिटीले गरेको थियो ।