«

»

प्रमुख जिल्ला अधिकारीलाई स्वागत

आनन्द पोखरेल
चितवन, १० असार
दियालो परिवार नारायणगढले चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई बिहिबार स्वागत गरेको छ । निरन्तर विकास एवम् अधिकारको ज्याति फैलाउँदै आएको आएको दियालोले सामाजिक आर्थिक र राजनीतिक विकासलाई जोड दिँदै विभिन्न कार्यक्रम गर्दै आएको दियालोले जनाएको छ ।
दियालो परिवारका कार्यकारी निर्देशक केदारनाथ खनालले कार्य समितिले नीति निर्माण गर्ने र बोडले दैनिक काम कार्यकारबाहीको लागि काम गर्दै आएको खनालले बताए । उद्धार एवम् कल्याणकारी, सामुदायिक विकास, दिगो विकास अवधारणा र अधिकारका लागि प्रारुपहरुका चार चरणमा काम गरेको खनालले बताए । २०५० सालमा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएर त्यसपछि समाज कल्याण परिषद्मा समेत दर्ता गरिएको खनालले जानकारी दिए ।
अहिले बाल श्रमिक पुनर्एकीकरण, द्वन्द्वबाट पीडित बालबालिकालाई पुनर्एकीकरण गर्नुका साथै गरिबी निवारणको लागि जीविकोपार्जन गर्नलाई सिन्धुली गाविसका ६ वटा गाविसमा काम गर्दै आएको छ । अहिलेसम्म दियालो परिवारले ९५ जनालाई पारिवारिक एकीकरण गराइउन सफल भएको खनालले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले चितवन जिल्ला सीडीओहरुको रोजाइमा नपर्ने जिल्ला भएको बताए ।
IMG_0032‘चितवन केन्द्रमा पर्ने जिल्ला भएका कारण चितवनका सीडीओले तोकिएको भन्दा बढी बोझ पर्ने गर्दछ’ सिंहले भने, –‘आफ्नो भन्दा बढी काम गर्नुपर्ने भएका कारण चितवन सीडीओको रोजाईको जिल्ला पर्दैन ।’ चितवनको सबै क्षेत्रसँग आफू परिचित भएका कारण काम गर्न सजिलो हुने सिंहले बताए । अहिले भन्दा अगाडिको सीडीओहरुले चितवनमा धेरै राम्रो काम गरेर गएका कारण आफूले उनीहरुले भन्दा राम्रो काम गर्न नसक्ने हो कि भन्ने डर लाग्ने गरेको सिंहले बताए ।
चितवन जिल्ला सुगम भएका कारण सरकारी कर्मचारीलाई काम गर्न सजिलो हुने समेत सिंहले बताए । ‘चितवन जिल्लाका सरकारी कार्यालयमा काम गर्न धेरै सजिलो छ’ सिंहले भने, –‘यदि कुनै कर्मचारीले काम गर्न सकिदैन भन्यो उसले काम नगर्दा हुन्छ, अन्य कुनै पनि ठाउँमा काम गर्न सक्दैन ।’
कार्यक्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका सशस्त्र प्रहरी निरीक्षक शम्भु प्रसाद उप्रेती, पूर्व अध्यक्षहरुले मन्तव्य राखेका थिए । कार्यक्रम दियालो परिवार नारायणगढका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।