«

»

बामपन्थी अगुवा नरबहादुर खाडको निधन

चितवन २२ भाद्र बामपन्थी आन्दोलनका अगुवा नरबहादुर खाडको ७१ वर्षको उमेरमा आज विहान निधन भएको छ।उपचारको क्रममा भरतपुर अस्पतालमा विहान ३ वजे उहाको निधन भएको हो ।

चितवनको गीतानगर गाउ विकास समिति वडा नम्मर ६ केशरबाघ स्थायी घर भएका खाड हाल नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्य, नेकपा एमाले निकट जेष्ठ नागरीक मञ्चको केन्द्रिय संयोजक र जेष्ठ नागरीक सेवा समाज नेपालको केन्द्रिय अध्यक्ष रहनु भएको थियो ।

विगत केहि समययता क्यान्सर रोगबाट ग्रसीत खाडका दुई छोरा र एक छोरी हुनुहुन्छ ।खाडको आजै अन्तीम दाहसस्कार गरिने नेकपा एमाले चितवनले जनाएको छ ।