«

»

भरतपुर बचतलाई गुणस्तर चिन्ह

bharatpur bachat logoसञ्चारपत्र सम्वाददाता
भरतपुर
भरतपुर–१२ मा रहेको भरतपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय गुणस्तर चिन्ह (एनएस ब्राण्ड) पाएको छ । यो चिन्ह पाउने चितवनमा भरतपुर बचत पहिलो सहकारी भएको छ ।
शुक्रबार काठमाडांैमा सम्पन्न नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को २३ औं साधारण सभाले चितवनको भरतपुरलगायत देशभरबाट अन्य चारवटा बचत तथा ऋण सहकारीलाई गुणस्तर चिन्ह प्रदान गर्ने घोषणा गरेको भरतपुर बचत तथा ऋण सहकारीका अध्यक्ष मीनप्रसाद सुवेदीले जानकारी दिएका छन् ।
२०५५ साल चैत्र १७ गते स्थापना भएको भरतपुर बचत तथा ऋण सहकारीले नेफ्स्कूनसँग २०६९ फागुनमा ‘पूर्ण र व्यावसायिक साकोस विकास कार्यक्रम’ सञ्चालनका लागि सम्झौता गरी कार्यक्रम सुरु गरेपछि संस्थाले सोे गुणस्तर प्राप्त गरेको अध्यक्ष सुवेदीको भनाइ छ ।
संस्थाको वर्तमान सञ्चालक समितिले कारोबारलाई संस्थाको नीति, नियम, कार्यविधिअनुसार वित्तीय सक्षमताका साथ सेवाका क्षेत्रहरु बिस्तार गरी सेयर सदस्यहरुलाई सम्पूर्ण वित्तीय सेवा सुविधा निरन्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको अध्यक्ष सुवेदीले बताए ।