«

»

पत्रकार पोखरेलमाथि लेख्दै नलेखेको समाचारलाई लिएर धम्की

Press bigapti 5-21पत्रकार सम्वद्ध संघसंस्थाको आपत्ति
सञ्चारपत्र सम्वाददाता
भरतपुर, २१ भदौ । पत्रकार हरिप्रसाद पोखरेललाई लेख्दै नलेखेको समाचारको विषयलाई लिएर केही व्यक्तिहरुले पटक पटक टेलिफोन गरी ज्यान लिने धम्की दिएकामा नेपाल पत्रकार महासंघ, चितवन शाखालगायत पत्रकार सम्वद्ध संघसंस्थाले आपत्ति जनाएका छ ।
नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष जनक अर्याल, प्रेस चौतारी नेपाल, चितवनका अध्यक्ष शालिग्राम नेपाल, नेपाल प्रेस युनियन, चितवनका अध्यक्ष बसन्त पराजुली, क्रान्तिकारी पत्रकार संघ, चितवनका अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार महासंघ, चितवनका अध्यक्ष नवराज ढकाल र स्वतन्त्र पत्रकार संघ, चितवनका अध्यक्ष सूर्यप्रकाश कँडेलले शुक्रवार संयुक्त प्रेस विज्ञप्ति जारी गरि पत्रकार पोखरेललाई शुक्रवार केही व्यक्तिहरुले टेलिफोन गरि ज्यान मार्ने धम्की दिएको घटनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
गत मंगलवार काठमाडौंबाट प्रकाशित हुने दृष्टि साप्ताहिकमा प्रकाशित ‘गुण्डागर्दीको हब बन्दै चितवन’ शीर्षकको समाचारलाई लिएर पोखरेलमाथि उनीहरुले धम्की दिएका विज्ञप्तिमा जनाइएको छ । ‘पत्रकार पोखरेलले आफुले उक्त समाचार नलेखेको र उक्त समाचारबारे जानकारी समेत नभएको बताइरहँदा उनीमाथि पटक पटक धम्की आउनु खेदजनक छ’ उक्त विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ– ‘पत्रिकामा प्रकाशित समाचारमा असहमति भए, त्यसको बिरुद्ध कानुनी उपचारमा जाने व्यवस्था हुँदाहुँदै असम्बन्धित र उहाँले लेख्दै नलेखेको समाचारलाई लिएर पत्रकार पोखरेलमाथि बारम्बार धम्की आउनु खेदपूर्ण विषय हो ।’ संयुक्त विज्ञप्तिमा उक्त घटनाका दोषी उपर कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग समेत गरिएको छ ।
यसैगरी सोही समाचारको विषयलाई लिएर दृष्टि साप्ताहिकका सम्पादक शम्भू श्रेष्ठमाथि पनि आक्रमणको धम्की आएको छ । ‘गुण्डागर्दीको हव बन्दै चितवन’ भन्ने समाचारका बिषयमा सोधखोज गर्दै श्रेष्ठलाई टेलिफोन मार्फत ज्यान मार्ने धम्की आएको प्रेस चौतारी नेपालले जनाएको छ । श्रेष्ठ प्रेच चौतारीको सल्लाहकार समेत हुनुहुन्छ ।
ज्यान मार्ने र कार्यालय नै ध्वस्त पार्नेसम्मको धम्की दिएका कारण सम्पादक श्रेष्ठ असुरक्षित भएको भन्दै चौतारीले धम्की दिनेमाति कारवाही गर्न र श्रमजीवी पत्रकारलाई स्वतन्त्रता पूर्वक लेख्ने र बाच्ने अधिकार दिलाउन माग गरेको छ ।
‘बिभिन्न नम्वरका मोवाईल प्रयोग गरेर श्रेष्ठलाई धम्की दिनु स्वतन्त्रतापूर्बक बाच्न पाउने अधिकारको हनन पनि हो । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने तथा कानुनी उपचार गर्ने उपाय हुँदाहँदै श्रमजीवी पत्रकारलाई ज्यान मार्ने धम्की दिनु अत्यन्त निन्दनीय कार्य हो(विज्ञप्तिमा भनिएको छ(’यस्ता कार्यले स्वतन्त्र पत्रकारितालाई नै असुरक्षित तुल्याएको प्रेस चौतारी नेपालको ठहर छ ।’