«

»

‘वीपीको सिद्धान्त जीवन्त’

नारायणगढ, २२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले प्रजातान्त्रिक प्रकृयाले पूँजीवादलाई पनि फालेर समाजबाद ल्याउने बताएका छन् । एकसयौं बीपी जन्मजयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज चितवनले शनिवार नारायणगढमा आयोजना गरेको बीपी कोइरालाको राजनीतिक, साहित्यिक व्यक्तित्व विÈयक विचार गोष्ठीमा बोल्दै उहा“ले बीपीको सिद्धान्त आज पनि जिवन्त रहेको बताए ।
शोÈणको विरुद्धमा जन्मेको वाद नै समाजबाद भएको भन्दै महतले बीपीको व्यक्तित्वलाई कसैले पनि नकार्न नसक्ने तर्क गरे । कांग्रेसले सत्तामा पुग्दा बीपिको आदर्श र सिद्धान्तलाई विर्सियो भन्नु आरोप मात्र भएको उनको भनाई थियो ।
कार्यक्रममा डाक्टर तुलसी भट्टराई र डाक्टर नारायण चालिसेले बीपीको व्यक्तित्व सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्राध्यापक डाक्टर देवी कँडेल र उपप्राध्यापक डाक्टर बासुदेव भण्डारीले टिप्पणी गरेका थिए । कार्यक्रम प्रजातान्त्रिक विचार समाज, चितवनका सभापति नारायण चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो ।