«

»

सुशीलले जितेकाले गाह्रो छैन : काँग्रेस

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ जेठ
नेपाली काँग्रेसका महामन्त्री एवम् उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिँहले चितवन क्षेत्र नम्बर ४ को उप निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गरेका छन् । नेपाली काँग्रेस भरतपुर ८ वडा समितिले शुक्रबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सिँहले चितवन क्षेत्र नम्बर ४ का जनताको वास्तविक परीक्षा उपनिर्वाचन भएको बताएका छन् ।
‘चितवन क्षेत्र नम्बर ४ मा काँग्रेसका उम्मेदवार लामो समयदेखि राजनीतिक अनुभव बटुलेका रामकृष्ण घिमिरे निष्ठावान नेताका रुपमा हामीले चिन्दै आएका छौँ’ सिँहले भने, – ‘आगामी उप निर्वाचनमा काँग्रेसलाई अत्यधिक मतले जिताउनुहुनेछ भन्नेमा आशावादी छु ।’ उक्त कार्यक्रममा बोल्दै काँग्रेसका उम्मेदवार घिमिरेले क्षेत्र नम्बर ४ बाट प्रधानमन्त्री सुशील कोइरालाले विजय हासिल गरेको कारण आफूले पनि जित्ने पक्का भएको बताए ।
घिमिरेले आफ्नो लामो राजनीतिक जीवन क्षेत्र नम्बर ४ मा खर्चिएका कारण सबैको सल्लाह बमोजिम नयाँ भूमिकामा प्रस्तुत भएको उल्लेख गरे । उक्त कार्यक्रमहरुमा नेपाली काँग्रेस चितवनका जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्व जिल्ला सचिव देवेन्द्र गुरुङ्ग, नेपाली काँग्रेस महासमिति सदस्य दिनेश कोइराला, विजय भुषाल लगायतको उपस्थिति रहेको थियो ।