«

»

उपनिर्वाचनमा व्यस्त छन् एमाले–काँग्रेस

पालो अब पार्वतीको : एमाले
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ जेठ
अगामी असार ८ मा हुने संविधानसभा सदस्यको उपनिर्वाचनको लागि चितवन क्षेत्र नम्बर ४ मा नेकपा (एमाले)ले चुनाव प्रचार प्रसारलाई प्राथमिकता दिएको छ । क्षेत्र नम्बर ४ मा नेकपा एमालेको तर्फबाट जिल्ला उप सचिव पार्वती रावलले उम्मेदवारी दिएपछि एमालेले चुनावी अभियानलाई तिब्रता दिएको हो ।
चुनावी प्रचार प्रसारको लागि नेकपा एमाले, चितवनले क्षेत्र नम्बर ४ मा चुनावी सम्पर्क कार्यालय स्थापना गरेर चुनाव जित्नको लागि रणनीतिक कार्यक्रम सञ्चालन गरेको छ ।  चुनावी अभियान अन्र्तगत शुक्रबार शिवनगरमा गाविस स्तरीय सम्पर्क कार्यालयको स्थापना गरिएको छ । उक्त कार्यालयको एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य विजय सुवेदीले उद्घाटन गरेका थिए ।  
कार्यक्रममा बोल्दै एमालेकी उम्मेदवार पार्वती रावलले चितवन क्षेत्र नम्बर ४ का जनताको हरेक सुख दुखमा सँगै रहेकोले यस पटकको निर्वाचनमा आफू विजयी हुने बताइन् । आफूले निर्वाचन जिते संविधान निर्माणसँगै चितवन ४ का जनताले अनुभूति गर्ने गरी विकासका पूर्वाधार निर्माणको काम गर्ने प्रतिबद्धता समेत जनाइन् । कार्यालय उद्घाटन लगतै शिवनगर–७ मा रहेको विश्वज्योति दलीत समूहमा समेत अन्तत्र्रिmया गरिएको थियो ।
समूहकी अध्यक्ष सुष्मिता विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य यदुनाथ पोखरेल, शिवनगर गाउँ कमिटी अध्यक्ष हरिकृष्ण गुरुङ, उम्मेदवार पार्वती रावल लगायतले मन्तव्य राखेका थिए । अन्तत्र्रिmयापछि उम्मेदवार सहितको टोलीले शिवनगरका सबै वडामा घरदैलो गरेको थियो । घरदैलोको क्रममा उम्मेदवार रावलले जनताको समस्या बुझ्ने र आफ्ना कुरा राख्ने काम गरेकी एमाले चितवनका प्रचार विभाग प्रमुख अरुणपीडित भण्डारीले बताए ।
घरदैलो कार्यक्रममा स्थानीय वासिन्दाहरुले एमालेकी उम्मेदवार पार्वती रावललाई मतदात गर्न आफूहरु आतुर रहेको प्रतिकृया दिएका थिए । घरदैलो कार्यक्रम अन्तर्गत शुक्रबार शिवनगर बजार, गुरुङ टोल, राधापुर, शान्तिपुर, भगवानपुर, सूर्यनगर लगायतका क्षेत्रमा घर घरमा पुगी एमालेका कार्यकर्ताहरुले सूर्यमा मतदान गरि एमाले उम्मेदवार रावललाई बिजयी गराउन आग्रह गरेका थिए ।