«

»

Episode 199: Hopes and Challenges of New Government

संविधानसभाको म्याद पनि थपियो र धेरैले आशा व्यक्त गरेका नेता डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री पनि बने। प्रमुख दलहरु नेपाली काँग्रेस र नेकपा एमाले प्रतिपक्षमा बसे पनि संविधान निर्माणमा सहयोग गर्ने ती दलले बताइरहेका छन्। के अब चाहिँ देशमा शान्ति प्रकिया टुंगिएला, संविधान समयमै बन्ला र जनताका समस्या हल होलान् त?

नयाँ प्रधानमन्त्रीसँग जनताका आशा अपेक्षा धेरै छन्। बाबुराम भट्टराई प्रधानमन्त्री बनेसँगै शिविरमा रहेका लडाकु, कन्टेनर र हतियारको स्वामित्व सेना समायोजन विशेष समितिलाई बुझाउने खवर आयो भने डेढ महिना भित्र शान्ति प्रकिया टुङ्याउने र बाँकी समय संविधान निर्माणमा केन्द्रीत हुने भट्टराईले प्रतिवद्धता व्यक्त गरेका छन्।

भट्टराईले भ्रष्टाचार र ढिलासुस्तिलाई सहनै नसकिने बताएका छन्। तर माओवादी पार्टी भित्रको बिबाद, सत्ता साझेदारहरुसँगको शक्ति बाँडफाँट र बलियो प्रतिपक्षका कारण नयाँ सरकारले के के चुनौति बेहोर्नुपर्ला त ?

यस विषयमा छलफल गर्न आज हामीसंग नेपाली काँग्रेसका नेता प्रकाश शरण महत, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठ र विश्लेषक (दिनेशराज सत्याल) सौरभ हुनुहुन्छ।