«

»

Episode 200: Trade Union

प्रत्येक सरकारले बजेटमा निजी र बैदेशिक लगानीलाई प्रोत्साहित गर्ने नीति सार्वजनिक गर्छ। तर व्यवसायीहरु भने उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नै नभएको बताउँछन्। स्वदेशी होस या विदेशी लगानी, भएका थोरै उद्योगमध्ये पनि कुनै न कुनै वहानामा भटाभट बन्द भैरहेका छन। कोलगेट, युनिलिभर, कोडाक; बन्द हुने बहुराष्ट्रिय कम्पनीहरुमध्येका केही उदाहरण हुन् ।
उद्योग धन्दाका लागि द्वन्द्वकालमा सुरक्षा मुख्य चुनौती थियो; त्यसपछि बिजुलीको अभाव । अहिले ट्रेड युनियनहरुको गतिविधी सबैभन्दा ठूलो चुनौती भएको प्रायः सबै उद्योगी व्यवसायी बताउँछन्। सूर्य नेपालले गार्मेन्ट फ्याक्ट्री बन्द गर्न गरेको घोषणा यसको पछिल्लो उदाहरण हो। मालिकले व्यवसायबाट नाफा कमाउने र त्यसका लागि आफूलाई बचाउ गर्ने दायरा अनि कामदारले आफ्नो हितका लागि विरोध गर्न पाउने अधिकारबीचको रेखा कसरी निर्धारण हुन्छ? विराटनगरमा गरिएको साझा सवालको यो छलफलमा हामीसँग पूर्व अर्थ सचिव रामेश्वर खनाल, माओवादी मजदुर नेता तथा सभासद शालिकराम जम्मरकट्टेल र संसदको अर्थ र श्रम संवन्ध समिति सदस्य तथा एमाले सभासद डा. विजय पौडेल हुनुहुन्छ । यो कार्यक्रम भाद्र ७ गते रेकर्ड गरिएको हो ।