«

»

एमालेको केन्द्रीय कमिटीमा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

एमालेको केन्द्रीय कमिटीको बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । बैठक हिजोदेखि राजधानीमा सुरु भएको हो । आज ११ बजे बस्ने बैठकमा अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनका विभिन्न पक्षहरुमाथि छलफल केन्द्रीत हुने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । खनालको प्रतिवेदनमा चुनावमा केन्द्रीत हुन कार्यदल गठन गर्ने, केन्द्रीय समितिमा केही सदस्य थप्नेलगायतका प्रस्ताव गरिएका छन् । केन्द्रीय कमिटीको हिजो बसेको बैठकले छलफलको एजेण्डा तयार पारेको थियो । बैठकले राजनीतिक प्रस्ताव, संविधानसभा चुनावका लागि पार्टी परिचालन अभियान, केन्द्रीय कमिटीमा मनोनयन, राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको तयारी लगायत एजेण्डा तय गरेको छ । Source @ CIN