«

»

भ्वाइसेसको दोस्रो संस्करणः कुन्द दीक्षितसँग नारायण वाग्ले

IMG_6811भारतीय राजदूतावास, काठमाण्डौ तथा बी.पी. कोइराला भारत–नेपाल फाउण्डेशनद्धारा जूलाई १९, २०१३ शुक्रबारका दिन बीपी कोइराला भारत–नेपाल फाउण्डेशनको सक्रियतामा संचालित भ्वाइसेसको दोस्रो संस्करण नेपाल भारत पुस्तकालयमा आयोजना गरियो । भ्वाइसेसको दोस्रो संस्करणमा नेपालका दुई प्रख्यात संचारकर्मी तथा लेखकहरु कुन्द दीक्षित र नारायण वाग्ले उपस्थित हुनुहुन्थ्यो । 
कार्यक्रमको शुरुवात कुन्द दीक्षितले नेपालको पत्रकारितामा रहेका समस्याहरुको वारेमा आफ्नो विचार राख्दै आफुले पञ्चायतकाल देखि पत्रकारिता शुरुगरेको कुरा वताउनुभयो ।
“उक्त समयमा पत्रकारहरु धेरै तवरले आफ्ना विचारहरु खुला रुपमा व्यक्त गर्न असमर्थ थिए । तसर्थ, हामी जे गर्न सक्थ्यौ त्यो व्यंग्य मार्फत गर्ने गर्थ्यौ”, दीक्षितले विगतको समस्यालाई सम्झदै भन्नुभयो ।
तत्पश्चात दीक्षित र वाग्ले द्धयले समय सगै संचार माध्यममा आएको परिवर्तनको वारेमा छलफल गर्नुभयो । यसको चर्चा गर्दै उहाहरुले डिजिटल मिडियाले ल्याएको क्रन्ति, नेपालमा पत्रकारिताको क्षेत्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाले बेहोरेका चुनौतिहरुको साथै नेपालमा संचारकर्मीको रुपमा काम गर्दा भोगेका वास्तविक कथाहरु सुनाउनु भयो ।
यसअतिरिक्त, दीक्षित र वाग्लेले नेपालमा नागरिक पत्रकारिताको भविष्यको वारेमा जोडदिंदै आधुनिक समयमा सामाजिक संजालको प्रभाववारे विचार राख्नुभयो ।
“कसैले पनि आजको पत्रिका भोली पढ्दैन । आज मानीसहरुमा टिभिमा साँझको समाचार समेत कुर्ने फुर्सद छैन साथै नत उनिहरु आफ्नोे समय लामा–लामा खवरहरु पढ्ननै इच्छुक हुन्छन् । यो व्यवशायिक पत्रकार र नागरिक पत्रकारबीचको प्रर्तीशपर्धा हो”, दीक्षित र वाग्ले दुबैले उल्येख गर्नुभयो ।
कार्यक्रमले कसरी सामाजिक संजालहरु जस्तै फेसबुक र ट्विटरले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेकाछन् भन्ने वास्तविकता समेत उजागर गर्यो । यस सन्दर्भमा नेपालमा करिव दुई लाख फेसबुक प्रयोगकर्ता रहेको कुरा अत्यन्तै उत्साहजनक हो ।
उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले काठमाण्डौबाट मात्रै दर्जन भन्दाबढी दैनिक पत्रिकाहरु प्रकाशित हुने कुराप्रति उत्साह व्यक्त गर्नुभयो ।
कार्यक्रम दुई वक्ताहरुबीच अत्यन्तै उत्साहपूर्ण तथा उपलब्धि मूलक अन्तक्रियाको साथमा सम्पन्न भयो ।