«

»

प्याब्सनले भन्यो ः ‘तलब बढाउन सक्दैनौं’

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २ असोज
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) चितवनले नेपाल इष्टु र इष्टु नेपालका माग पुरा गर्न नसकिने निर्णय गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा गरेकोे १८ प्रतिशत तलब वृद्धि र एक हजार रुपिया“ भत्ता निजी विद्यालयका शिक्षक कर्मचारीले पनि पाउनुपर्ने माग राख्दै दुई इष्टुले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । त्यस क्रममा ती संस्थाले चितवनका विद्यालय पनि बन्द गराएका थिए ।
जिल्लाका निजी विद्यालयका प्राचार्यहरुले छलफल गरी नेपाल इष्टु र इष्टु नेपालका माग सम्बोधन गर्न नसकिने निर्णय गरेका हुन् । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा समेत उपस्थितमा भएको छलफलले विद्यार्थीबाट लिइएको वर्तमान शुल्कले शिक्षक कर्मचारीको तलब भत्ता वृद्धि गर्न नसकिने निष्कर्ष निकालेको प्याब्सन चितवनका सचिव धनप्रसाद रेग्मीले जानकारी दिए ।