«

»

शिशु जन्माएर फालिन् आमाले

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २ असोज
गैंडाकोटमा एक महिलाले जन्मिने बित्तिकै फालेको शिशुलाई जिवितै उद्धार गरिएको छ । तनहु“ स्थायी घर भई गैंडाकोट गाविस वडा नम्बर ३ मा बस्दै आएकी हरिमाया गुरुङले मंगलबार जन्म दिएको शिशुलाई गैंडाकोट २ मा फालेकी थिइन् ।
शिशु फालेको देखेर स्थानीयले इलाका प्रहरी कार्यालय, गैंडाकोटलाई खबर गरेपछि प्रहरीले शिशुको उद्धार गरेको हो । नवजात शिशुको उपचारको लागि भरतपुर अस्पतालमा राखिएको छ । प्रहरीले हरीमायालाई पनि नियन्त्रणमा लिएको छ । उनको पनि रक्तश्राव नरोकिएको कारण उपचारको लागि भरतपुर अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
अस्पतालमा शिशु र आमाको छुट्टाछुट्टै उपचार गरिएको छ । महिलाले अवैध सम्बन्धबाट गर्भ रहेकोले शिशु फालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक अधिकारीले बताए । हरिमाया विवाहित हुन्, उनको यसअघि नै एक छोरी रहेको पनि जनाइएको छ ।