«

»

पत्रकारहरुद्वारा व्यवसायिक पत्रकारितामा जोड

New Image fnjभरतपुर, ७ चैत । 

समृद्ध नेपाल निर्माणका लागि चितवन र कास्कीका पत्रकारहरु पत्रकारितामार्फत साझा मुद्दा बनाएर जान तयार भएका छन् । पत्रकारिताको संस्थागत विकासमा चितवन र कास्कीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनीहरुले व्यावसायिक पत्रकारिताबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।
नेपाल पत्रकार महासंघ चितवनले शनिबार कास्कीका पत्रकारहरुलाई भरतपुरमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा अबको पत्रकारिताले समृद्ध नेपालको मिसन लिनुपर्नेमा पत्रकारहरुको जोड रहेको थियो ।
चितवन भ्रमणमा रहेको नेपाल पत्रकार महासंघ, कास्कीको टोलीको नेतृत्व गरेका शाखा अध्यक्ष रामकृष्ण ज्ञवालीले कार्यक्रममा भने–‘चितवन र कास्कीमा भएका हरेक सम्भावना र ंसमस्यालार्ई हामीबीचको एकताले बाहिर ल्याउन थप मद्दत पु¥याउनेछ ।’ पत्रकारितामा दक्षता हासिल गर्नेहरुमात्रै अब यो पेशामा टिक्न सक्ने अवस्था भएकाले दुई जिल्लाको पत्रकारिता पनि यसैमा केन्द्रीत हुनुपर्ने ज्ञवालीको भनाई थियो ।
विगत एक वर्षभित्रको समीक्षासहित सौराहामा शाखा वैठक पनि सम्पन्न गरिएको जानकारी दिँदै ज्ञवालीले कास्की शाखाले अबको वर्ष पत्रकारहरुको क्षमता वृद्धिका लागि विभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिए ।
नेपाल पत्रकार महासंघ, चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलले सदस्यहरुको क्षमता अभिवृद्धिसहित उनीहरुको पेशागत सुरक्षाका लागि महासंघलाई व्यावसायिक पत्रकारहरुको मात्रै साझा संस्था बनाउनुपर्ने बताए । कार्यसमितिले सबैको सल्लाह र सुझावलाई आधार बनाएर तीन वर्षे कार्ययोजनासहित आफ्ना गतिविधि बढाएको पनि उनले जानकारी दिए ।
श्रमजीवी पत्रकारहरुको समस्या चितवनमा पनि भएको उल्लेख गर्दै पोखरेलले उनीहरुका समस्या सुनेर सञ्चार संस्था र श्रमजीवी पत्रकारका बीच सहजीकरण गर्ने काम महासंघले गर्दै आएको बताए । महासंघको संस्थागत विकास र स्थानीय सञ्चारमाध्यमको सवलीकरणमा जोड दिन निर्माणाधिन भवनलाई ‘सूचना केन्द्र’ को रुपमा विकास गर्ने योजना अगाडी सारिएको पनि अध्यक्ष पोखरेलले जानकारी दिए ।
३९ जना महिलासहित १९४ जना पत्रकार हाल चितवन महासंघमा आवद्ध छन् । कास्कीको पत्रकारिताको अनुभवले चितवनका पत्रकारहरुलाई आवश्यक सहयोग पु¥याउने पोखरेलले विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, कास्कीका पूर्व अध्यक्ष बद्रिविनोद ‘प्रतिक’ ले कास्की र चितवनबीच सूचना र समाचार आदानप्रदान गर्न सके आर्थिक सम्भावना बोकेको चितवनलाई अझ समृद्ध बनाउन सकिने बताए । अर्का पूर्व अध्यक्ष नारायण कार्कीले कास्की र चितवनलाई पर्यटन पत्रकारिताका माध्यमबाट जोड्न सकिने र यसका लागि दुबै क्षेत्रका पर्यटन व्यवसायीहरुको सहयोग आवश्यक रहेको बताए ।
पत्रकारिता समृद्ध बन्न सक्यो भने मुलुक समृद्ध बन्न बेर नलाग्ने बताउँदै नेपाल पत्रकार महासंघ, चितवनका पूर्व अध्यक्ष कृष्ण गिरीले यसका लागि पत्रकारितामा दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गरे । ‘पत्रकारितामा दक्ष जनशक्तिको अभाव छ । महासंघले अब पत्रकारहरुका लागि क्षमता अभिवृद्धिका कार्यक्रम प्रभावकारी रुपमा ल्याउनुपर्छ ।’–उनले भने । अर्का पूर्व अध्यक्ष जनक अर्यालले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनको हव बन्दै गईरहेको चितवनलाई चिनाउन पोखराको पत्रकारिता आवश्यक रहेको बताए ।
पत्रकारिताको ईतिहासमा कास्की चितवनभन्दा अग्रणी जिल्ला रहेको चर्चा गर्दै अर्यालले विषयकेन्द्रीत छलफल गरेर पत्रकारितालाई अगाडि बढाउन आवश्यक रहेको बताए । सम्बन्ध स्थापना गर्न छलफल र भेटघाटलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ । कार्यक्रम चितवन शाखा अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।