«

»

सौराहामा पत्रकार महासंघको मध्यमाञ्चल भेला सम्पन्न

10344781_1592134564367200_1800845018244910875_nनेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र बिष्टले श्रमजीवि पत्रकार ऐनलाई कार्यान्वयन गराएरै छाड्ने बताउनुभएको छ ।पत्रकार महासंघको मध्यमाञ्चल क्षेत्र स्तरीय भेलालाई चितवनमा सम्बोधन गर्दै अध्यक्ष बिष्टले ऐन लागु गराउन महासंघले सरकार मार्फत मिडिया सञ्चालकलाई दबाब दिइरहेको बताउनुभयो ।समयमै मिडिया सञ्चालकले ऐन कार्यान्वयन नगरेमा आन्दोलनमा गर्न महासंघ बाध्य हुने उहाँको भनाई छ ।

चरणबद्ध रुपमा ऐन कार्यान्वयनको प्रकृयामा चलिरहेकाले कारण केही ढिला भए जस्तो देखिएतापनि ऐन कार्र्यान्वयन भएरै छाड्ने उहाँले बताउनुभयो ।उहाँले ऐन कार्यान्वयनका लागि ढिलाई गरेमा महासंघ अदालतसम्म पुग्ने बताउनुभयो । संसदीय समितिले समेत ऐन लागु गर्न गराउन सरकारलाई निर्देशन गरिसकेकाले महासंघ पर्ख र हेरको अवस्थमा रहेको अध्यक्ष बिष्टले बताउनुभयो ।

१६ जिल्लाका अध्यक्ष, सचिव र कोषध्यक्षको भेलामा महासंघले पर्साका अग्रज पत्रकार प्रेस काउन्सीलका सदस्य चन्द्रकिशोर झा र चितवनका अग्रज पत्रकार गणशेखर शर्मालाई सम्मान समेत गरिएको छ । भेलामा मध्यमाञ्चल क्षेत्रमा उत्कृष्ठ काम गर्ने सिन्धुपाल्चोक शाखालाई समेत सम्मा गरिएको छ । 

नेपाल पत्रकार महासंघ मध्यमाञ्चल क्षेत्रीय भेलाले १३ बुँदे सौराहा घोषणा पत्र जारी गर्दै सकिएकोछ । बिहीबार र शुक्रबार सौराहामा भएको मध्य क्षेत्रको १६ जिल्लाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षहरुको भेलाले सो घोषणा पत्र जारी गरेको हो ।

घोषणा पत्रमा श्रमजीवी पत्रकारहरूको पेशागत तथा व्यावसायिक हकहितको संरक्षणलाई महासंघको प्रमुख एजेण्डा रहेको सन्दर्भमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सबै सञ्चारमाध्यमलाई पुनः आव्हान गर्दै समयमा निर्धारित पारिश्रमिक पाउने गरी नियुक्तिपत्र लिएर मात्र काम गर्न आह्रह गरेको छ ।timthumb

यस्तै पत्रकारहरूको नियुक्ति, पत्रकारको सीप र दक्षता अभिवृद्धिका लागि जिल्ला शाखाले स्थानीय तहमा जिविस, नगरपालिका तथा अन्य सरकारी र गैरसरकारी निकायहरूसंग समन्वय र सहकार्य गरी पत्रकार प्रशिक्षण अभियान सञ्चालन गर्नुका साथै पत्रकारको सीप र दक्षता अभिवृद्धि एवं प्राज्ञिक क्षमता बढाउनका केन्द्रीय तहमा गठन हुन लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको क्षेत्रीय संरचना माध्यमाञ्चल क्षेत्रमा पनि प्रतिष्ठान स्थापना गर्न भेला माग गरेको छ ।त्र, न्युनतम पारिश्रमिक, समयमै पारिश्रमिक, बिमा, स्वास्थ्योपचार सुविधालगायतका सेवा सुविधाको प्रबन्धका लागि राज्यले गम्भीरतापूर्वक पहल गर्नुपर्ने र यसका निम्ति क्षेत्रीय समिति र शाखा कार्यसमिति आआफ्नो क्षेत्रबाट क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

यस्तै पत्रकारको सुरक्षा, सम्मान र सरोकारका विषयमा महासंघका प्रत्येक जिल्ला, क्षेत्र तथा केन्द्रीय समितिले ठोस पहल गर्न पनि भेलाले आग्रह गरेको छ ।

सौराहा घोषणापत्र– २०७१
नेपाल पत्रकार महासंघ, मध्यमाञ्चल क्षेत्रका शाखा अध्यक्ष, सचिव र कोषाध्यक्षका साथै महासंघका वर्तमान तथा पूर्व पदाधिकारी एवम सदस्य तथा अगुवा पत्रकारहरूसमेतको उपस्थितिमा २०७१ साल चैत १३ गते शुक्रवार चितवनको पर्यटकीय नगरी सौराहामा सम्पन्न नेपाल पत्रकार महासंघकोे मध्यमाञ्चल क्षेत्रीय भेलाबाट जारी घोषणापत्र
१. श्रमजीवी पत्रकारहरूको पेसागत तथा व्यावसायिक हकहितको संरक्षणलाई महासंघको प्रमुख एजेण्डा रहेको सन्दर्भमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सबै सञ्चारमाध्यमलाई पुनः आव्हान गर्दै समयमा निर्धारित पारिश्रमिक पाउने गरी नियुक्तिपत्र लिएर मात्र काम गर्न तथा पत्रकारहरूको नियुक्तिपत्र, न्युनतम पारिश्रमिक, समयमै पारिश्रमिक, बिमा, स्वास्थ्योपचार सुविधा लगायतका सेवासुविधाको प्रबन्धका लागि राज्यले गम्भीरतापूर्वक पहल गर्न यो भेला माग गर्दछ । र, यसका निम्ति क्षेत्रीय समिति र शाखा कार्यसमिति आआफ्नो क्षेत्रबाट क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछ ।
२. पत्रकारको सुरक्षा, सम्मान र सरोकारका विषयमा महासंघका प्रत्येक जिल्ला, क्षेत्र तथा केन्द्रीय समितिले ठोस पहल गर्न यो भेला आग्रह र प्रतिवद्धता व्यक्त गर्दछ ।
३. पत्रकारको सीप र दक्षता अभिवृद्धिका लागि जिल्ला शाखाले स्थानीय तहमा जिविस, नगरपालिका तथा अन्य सरकारी र गैरसरकारी निकायहरूसंग समन्वय र सहकार्य गरी पत्रकार प्रशिक्षण अभियान सञ्चालन गर्नुका साथै पत्रकारको सीप र दक्षता अभिवृद्धि एवं प्राज्ञिक क्षमता बढाउनका केन्द्रीय तहमा गठन हुन लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको क्षेत्रीय संरचना माध्यमाञ्चल क्षेत्रमा पनि प्रतिष्ठान स्थापना गर्न भेला माग गर्दछ ।
४. मोफसलमा व्यावसायिक पत्रकारिताको विकास गर्न, विज्ञापनको समुचित र समानुपातिक वितरण प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि महासंघले ठोस पहल गर्न माग गर्दछ । स्थानीय आवाजलाई प्रवद्र्धन गर्न पत्रकारद्वारा सञ्चालित एवं साना लगानी र स्थानीय तहका सञ्चारमाध्यमको संरक्षणका निम्ति आवश्यक पहल गर्ने यो भेला निर्णय गर्दछ ।
५. पत्रपत्रिकाको वर्गीकरण प्रणालीलाई अझ व्यवस्थित र पारदर्शी बनाउनका लागि समितिले प्रेस काउन्सिलस‘ग समन्वय र सहकार्य गरिने छ । लोककल्याणकारी विज्ञापन बापत बृद्धि भएको रकम सहज रुपमा भुक्तानी गराउन पहल गरिने छ ।
५. महासंघको यो क्षेत्रीय भेलाले महासंघलाई आम पत्रकारहरूको टे«ड युनियनका रूपमा स्थापित तथा विस्तार गर्नेतर्फ प्रतिवद्धता व्यक्त गर्दै यस दिशामा महासंघको वर्तमान नेतृत्वले ठोस अग्रसरता लिन आग्रह गर्दछ ।
६. आम नेपालीले चाहना गरेको समृद्ध, समावेशी र लोकतान्त्रिक नया“ नेपालको निर्माणसंगै नेपाली पत्रकारिताले पनि नेपाली समाजका विविधताभित्र समानता, सम्मान र सह अस्तित्वलाई स्वीकार गर्दै सामाजिक समावेशीकरणलाई व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता र समयको माग पनि हो । त्यसैले महासंघको यो भेला सञ्चार माध्यम र समाचारमा विविधिकरण र समावेशीकरणको अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सम्पूर्ण सञ्चार गृह, महासंघ तथा सञ्चार आवद्ध संघसंस्थालाई गम्भीर हुन आव्हान गर्दछ ।
७. सञ्चारमाध्यममा महिलाको पहु“च, सहभागिता र सक्रियता बढाउन एवं सञ्चारगृहहरुलाई लैङ्गिकमैत्री संस्थाको रुपमा विकास गर्न महासंघ, सञ्चार आवद्ध संघसंस्था, सरकार तथा अन्य सरोकारवालाहरूलाई गम्भीरतापूर्वक पहल गर्न आग्रह गर्दछ ।
८. स्वच्छ, मर्यादित, उत्तरदायी र व्यावसायिक पत्रकारिताको विकासका लागि महासंघले लिएको शुद्धीकरण अभियानलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि यो भेला महासंघभित्र शुद्धिकरण र सुदृढीकरण प्रक्रियालाई प्रभावकारी बनाउन सदस्यता वितरण, नविकरण, सरुवालगायतका प्रक्रिया व्यवस्थित गर्न, गैरपत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने तथा अधिवेशनको छ महिना अघि सदस्यता वितरण प्रक्रियालाई कडाईका साथ रोक्नेतर्फ ठोस पहल गर्न आग्रह गर्दछ । यस सन्दर्भमा विगतमा पत्रकार रहेका र हाल पेशाबाट अलग भएका व्यक्तिहरुलाई स्वेच्छिकरुपमा महासंघको सदस्यता त्याग गर्न आव्हान पनि गर्दछ । साथै त्याग नगरेमा सम्बन्धीत शाखाले सक्रिय नरहेकाको सदस्यता नविकरण नगर्न नगराउन शाखालाई आग्रह गर्दछ ।
९. मध्यमाञ्चल क्षेत्रमा केही समययता विभिन्न वहानामा पत्रकार र सञ्चारमाध्यममाथि भौतिक असुरक्षा र दण्डहिनता बढिरहेकोले महासंघको यो भेला पत्रकारमाथि भएका यस्ता आक्रमणको घोर भत्र्सना गर्दै आगामी दिनमा यस्ता प्रवृत्ति नदोहो¥याउन तथा पत्रकारको भौतिक सुरक्षा र प्रेस स्वतन्त्रताप्रति सम्मान व्यक्त गर्न सबै पक्षलाई आग्रह गर्दछ ।
१०. संविधान सभामा रहेका सबै राजनीतिक दलले संविधान सभाबाट २०७१ माघ ८ गतेभित्र नयॉ संविधान जारी गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेकोमा सो मितिमा संविधान जारी नभएकोमा महासंघको यो क्षेत्रीय भेला गम्भीर चासो व्यक्त गर्दछ । महासंघको यो भेला सम्पूर्ण राजनीतिक दलहरूलाई छिटोभन्दा छिटो सहमति गरी नयॉ संविधान जारी गर्न नयॉ मिति घोषणा र संविधान निर्माणमा गम्भीरता देखाउन आह्वान गर्दछ ।
११. मुलुकको प्रमुख बन्यजन्तु पर्यटन गन्तव्यका रुपमा विश्व सम्पदा सूचिकृत चितवन निकुञ्ज रहेको छ । प्राकृतिक स्रोत साधन र दुर्लभ बन्यजन्तु हेर्न पर्यटक आउने गरेका छन्
पछिल्लो समय चितवनमा रहेको जातीय र सांस्कृतिक विविधता पनि पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । साथै चितवन स्वास्थ्य, शिक्षा, कृषि पर्यटनको हब बन्दै गएको छ । मुलुकको आर्थिक समृद्धिसँग गाँसिएका यस्ता क्षेत्रको विकासका लागि आगामी दिनमा पत्रकार महासंघ सहकार्य गरेर अघि बढ्ने ।
१२. गुणस्तरीय पत्रकारिताका लागि पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि जिल्ला शाखाहरुले प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्ने ।
१३. नेपाल पत्रकार महासंघको यो क्षेत्रीय भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, सचिवद्वय प्रभात चलाउने र संगिता खड्का कोषाध्यक्ष सुर्यमणी गौतम तथा संयोजन गरेकोमा चितवन शाखा, सहयोगका लागि होटल सेभेनस्टार, क्षेत्रीय होटल एशोसियसन सौराहा तथा युएनडिपीलगायतलाई भेला धन्यवाद ज्ञापन गर्दछ ।

 

नेपाल पत्रकार महासंघ, मध्यमाञ्चल क्षेत्र स्तरीय भेलामा प्रस्तुत प्रस्तावहरु
मुलुकको प्रमुख बन्यजन्तु पर्यटन गन्तव्यका रुपमा विश्व सम्पदा सूचिकृत चितवन निकुञ्ज रहेको छ । प्राकृतिक स्रोत साधन र दुर्लभ बन्यजन्तु हेर्न पर्यटक आउने गरेका छन्
पछिल्लो समय चितवनमा रहेको जातीय र सांस्कृतिक विविधता पनि पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । साथै चितवन स्वास्थ्य, शिक्षा, कृषि पर्यटनको हब बन्दै गएको छ । मुलुकको आर्थिक समृद्धिसँग गाँसिएका यस्ता क्षेत्रको विकासका लागि आगामी दिनमा पत्रकार महासंघ सहकार्य गरेर अघि बढ्ने ।
२. श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अबस्था नाजुक रहेकाले यो भेलाबाट तत्काल ऐन कार्यान्वयनका लागि पहल गर्न सम्बद्ध सबैलाई आग्रह गर्ने ।
३. संविधान निर्माण नहुँदा मुलुकमा असुरक्षा र दण्डहिनता बढ्दै गएको छ । सञ्चारकर्मीहरु सेल्फ सेन्सरसिप गर्नुपर्ने अबस्थामा छन् । राजनीतिक दलहरु सहमतिको मार्ग बिराउन थालेका छन् । महासंघको यो भेलाबाट सबै राजनीतिक दललाई सहमतिको माध्यमबाट यथाशिघ्र संविधान जारी गर्न माग गर्ने ।
४. महासंघलाई व्यवसायिक पत्रकारहरुको छाता संगठन बनाउनका लागि सदस्यता शुद्धिकरण प्रकृयालाई प्रभावकारी रुपमा अघि बढाउन आबश्यक प्रकृया अघि बढाउने ।
५. पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि प्रस्तावित आम सञ्चार प्रशिक्षण प्रतिष्ठानलाई विकास क्षेत्रस्तरसम्म बिस्तार गर्न आबश्यक पहल गर्ने । साथै सञ्चारकर्मी मर्यादित बन्दै पत्रकार आचारसंहिता पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गर्ने ्