«

»

पटिहानी पर्यटन पदयात्रा उद्घाटन

11166012_950834591615495_861496752_n

 

सन्दिप भट्ट

पटिहानी, ६ वैशाख
चितवन नेपालको तेश्रो ठूलो पर्यटकीय गन्तव्य हो । चितवन भन्नेबित्तिकै धेरैले सौराहालाई सम्झिन्छन् । तर सौराहमात्र नभई पश्चिम चितवनको पटिहानी पनि पर्यटकीय गन्तब्यको रुपमा

 विकसित भएको छ ।े पटिहानीदेखि सौराहासम्म पदयात्राको लागि विकास गर्न त्यस क्षेत्रका स्थानीयहरु लागी परेका छन् ।
सोमबार २०औं बन्यजन्तु सप्ताह समापनको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, तथा पटिहानी उपभोक्ता समूहको सहकार्र्यमा पटिहानी सौराहा पदयात्राको उद्घाटन गरियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कु“वरले पदयात्राको उद्घाटन गरे ।
‘चितवनमा हरेक वर्ष आन्तरिक तथा बाह्य पर्यटक बढिरहेका छन्’ उद्घाटन पछि प्रमुख क“ुवरले भने,‘अब सौराहा केन्द्रित पर्यटकलाई बसाई लम्ब्याइ पश्चिम क्षेत्रमा लैजानका लागि पदयात्राको खोजी गरेका हौं ।’ प्रमुख संरक्षण अधिकृत कुँवरले भने, ‘चितवनमा आएका पर्यटकहरु फेरि पनि चितवन आउन चाहन्छन् तर त्यसका लागि नयाँ गन्तब्य छैन, त्यसका लागि नयाँ गन्तब्य स्वरुप यस मार्गलाई पैदलमार्गको रुपमा विकास गर्न लागेका हौं ।’
नयाँ वर्षसँगै सुरू गरिएको पैदलमार्गलाई प्रचारप्रसार गर्न सके स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने उनको विश्वास छ । पर्यटन व्यावसाय सेवासँग जोडिएको व्यावसाय भएकाले होटल व्यवसायीसँग समन्वय गर्नुपर्ने उनले बताए । 

चितवनमा रहेका चार दर्जन बढी पर्यटकीय गन्तब्यमध्ये पटिहानीलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन सकिने पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोको ठहर छ । ‘पटीहानीबाट विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्दै पर्यटकहरु खोरसोर पुग्न सक्छन्’ उनले भने, ‘हामी वन्यजन्तु पीडित निकुञ्ज आसपासका मानिहरु अब वन्यजन्तुकै प्रचारप्रसार गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा लैजान तल्लीन छौं ।’
आफूहरु विभिन्न समयमा निकुञ्जबाट आउने वन्यजन्तुको सिकार हुनुपरेको भन्दै अध्यक्ष महतोले यसका लागि अब स्थानीय जागरुक भएको बताए । मानव र वन्यजन्तुको द्वन्द्व कम गर्न यसले सहयोग पुग्ने विश्वास ब्यक्त गर्दैे पैदलयात्रा सञ्चालनमा आएसँगै स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने उनको धारणा थियो । पर्यटन व्यवसायमा स्थानीयलाई संलग्न गराइ उनीहरुको दिगो आम्दानीको श्रोतको रुपमा स्थापित गर्दै जीविकोपार्जनमा सुधार ल्याई वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा वृद्धि गर्न पैदलयात्राले सहयोग पुग्ने उनको भनाइ छ ।
पैदलयात्राका क्रममा लोपोउन्मुख गैंडा, बाघ, भालु, मृग, जरायोलगायतका जनवार सजिलै देख्न सकिने भएकाले पैदलमार्गको प्रचारप्रसार आवश्यक रहेको अध्यक्ष महतोले बताए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बुद्धिराज पाठकले पनि पर्यटकीय दृष्टिकोणले पटिहानी उत्कृष्ट गन्तब्य भएको बताए ।
तीन घण्टाको यदयात्राका क्रममा विभिन्न जीवजन्तुहरु सजिलै देख्न सकिन्छ । त्यस मार्गलाई पैदलयात्राको रुपमा विकसित गर्न निकुञ्ज तयार रहेको बताउँदै उनले यसका लागि स्थानीयको जनसहभागिता आवश्यक रहेको बताए । नौ किलोमिटर लामो पदयात्राका लागि विभिन्न ठाउँमा बाटोको नक्सा, मचान, शौचालय बनाउन सके त्यहाँ आउने पर्यटकलाई सजिलो हुने उनले बताए ।
हाल पटिहानीदेखि सौराहा–डुमरिया–जर्नेली–छितामाई मार्ग, छितामाई–बेलसहर–खोरसर–सौराहा मार्ग, सौराहा–बीसहजारी ताल– छितामाई मार्ग, छितामाई–गोन्द्राङ, मार्ग रहेको छ