«

»

तीन पत्रकार पुरस्कृत

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १५ जेठ
सातौँ गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्र दिवस मूल समारोह समिति, चितवनले आयोजना गरेको खुला निबन्ध/लेख लेखन प्रतियोगीतामा स्थानीय तीन जना पत्रकार पुरस्कृत भएका छन् । खुला निबन्ध÷लेख प्रतियोगितामा आनन्द पोखरेल पहिलो, तीर्थ नेपाल दोस्रो र मोहन बस्याल तेस्रो भएका छन् ।

Aananda

खुला लेख लेखन प्रतियोगितामा प्रथम भएका पत्रकार पोखरेल
प्रतियोगीतामा पुरस्कृत हुने तीनै जना पत्रकारहरु रहेका छन् भने पोखरले सञ्चार पत्र दैनिकका सम्वाददाता पनि हुन् । त्यस्तै नेपाल रेडियो त्रिवेणीका पत्रकार हुन् भने बस्याल पारदर्शी दैनिकका सम्वाददाता हुन् । प्रतियोगीतामा पुरस्कृत हुने पत्रकारहरुलाई कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला न्यायाधिश विनोदमोहन आचार्य र चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
‘गणतन्त्र प्राप्तिका सात वर्ष र हाम्रो दायित्व’ शीर्षकमा प्रतियोगितात्मक लेख तथा निबन्ध लेख्नको लागि जिल्ला शिक्षा कार्यालय, चितवनले खुला रुपमा सूचना प्रकाशित गरेको थियो । प्रतियोगिताको संयोजन नेपाल पत्रकार महासंघ चितवनले गरेको थियो भने जिल्ला शिक्षा कार्यालय चितवनको सहयोग रहेको थियो ।