«

»

युथ फर ब्लड वर्षबाट सम्मानित

विराटनगर, २५ जेठ

समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएका तीनजना व्यक्तिहरुलाई ‘युथ फर ब्लड’ले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ । विराटनगरका पत्रकार महाप्रसाद खतिवडा, चलचित्र निर्देशक तथा साहित्यकार प्रकाश आङदेम्बे र नाटककार रामभजन कामतलाई उक्त संस्थाले बिहीबार कार्यक्रमको आयोजना गरि ‘युथ फर ब्लड वर्ष सम्मान २०७१’ द्वारा सम्मान गरेको हो । उहाँहरुलाई संस्थाका संस्थापक अध्यक्ष सरोज कार्कीले कदर पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

yfb

संस्था स्थापनाको तेस्रो वर्ष पूरा भई चौँथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा वर्ष भरि रक्तदान गर्नु हुने रक्तदाताहरुका साथै रक्तदान सहजीकरण गर्नुहुने सहजकर्ता सदस्यहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, कार्यक्रममा युथ फर ब्लडको अभियानमा सहयोग गर्ने लिलिपुट मन्टेश्वरी चिल्ड्रेन हाउस तथा एचडी इन्टरप्राइजेजलाई समेत सम्मान गरिएको छ ।

देशव्यापी फैलिरहेको युवाहरुको अभियानले हजारौँ बिरामीहरुको जीवन जोगाउने कार्य गर्नुका साथै सकारात्मक सन्देश फैलाएको भन्दै अभियानलाई चौतर्फी सहयोग आवश्यक भएको कार्यक्रमका वक्ता मेरील्याण्ड कलेजका प्रिन्सिपल भेषराज पोखरेल, पत्रकार भिमप्रसाद घिमिरे, चिरन्जीवि तिमल्सिना, व्यवसायी गंगाधर मैनालीलगायतले बिचार राख्नु भएको थियो । संस्थाका सचिव सुभाष भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रममा युथ फर ब्लडका स्वयमसेवकहरुले आफ्नो प्रतिभाका साथै ‘हत्यारा’ नामक नाटक समेत प्रस्तुत गरेका थिए । आगामी दिनमा यस्ता कार्यक्रमहरु थप आयोजना गरिरहने प्रतिवद्धता कार्यक्रम संयोजक सविन दाहालले बताए ।