«

»

दियालोको ३८ औँ स्थापना दिवस

सञ्चारपत्र सम्वाददाता
भरतपुर, २० जेठ
दियालो परिवार नारायणगढले आफ्नो ३८ औं स्थापना दिवस मनाएको छ । २०३५ सालबाट सडक बालबालिका तथा उनीहरुको पुनर्एकीकरणमा क्रियाशिल संस्थाले मंगलबार आफ्नो ३८ औँ स्थापना दिवस शुभकामना आदनप्रदान गरी मनाएको हो ।
संस्थाका अध्यक्ष बद्रि अधिकारीको अध्यक्षतमा भएको शुभकामना आदनप्रदान कार्यक्रममा संस्थाले यसअघि गरेको कामको बारेमा दियालो परिवारका कार्यकारी निर्देशक केदाननाथ खनाले जानकारी दिएका थिए । सो अवसरमा दियालो परिवारलाई सहयोग गर्ने सात जना संस्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा द्वन्द्वकालमा कालिकोटको चिसापानीमा भएको द्वन्द्वमा ज्यान गुमाएका तत्कालिन प्रहरी नायब उपरीक्षक स्वर्गीय कैलाश क्षेत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दियालोले समाजमा खेलेको भूमिकाको बारेमा चर्चा गरिएको थियो । स्थापना दिवसको कार्यक्रममा दियालो परिवारका निवर्तमान अध्यक्ष निर्मल पिया, राजेन्द्रकुमार पिया, सुरेश खनाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा दियालोकी सचिव पार्वती सिलवालले स्वागत मन्तव्य राखेकी थिइन् ।