«

»

हाम्रो घरको पांचौ साधारण सभा सम्पन्न

चितवन असार २६ ।सडक बालबालिका पूर्न स्थापना केन्द्र हाम्रो घरले पांचौ साधारण सभा तथा तेस्रो अबिधेसन सम्पन्न गरेको छ । भरतपुर नगरपालिकाको कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा हाम्रो घरकी सचिव मीना खरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष शंकर सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०६१ सालमा स्थापना भई सडक बालबालिकालाई आश्रय दिदै आएको हाम्रो   घरले ८ जनालाई पारीवारीक पूर्नमीलन गराईसकेको छ भने अहिले हाम्रो घरमा १ देखि १२ कक्षासम्म अध्ययन गरीरहेका १२ जना बालकहरु आवासीय सुविधा सहित रहेका छन् । संस्थाका उपाध्यक्ष उद्योग कुमार पीयाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा भरतपुर नगरपालिकाका प्रशाशकीय अधिकृत टिकाराम कंडेल, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कल्याण जोशी, नागरीक समाजका अध्यक्ष केदार मल्ल, लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष रामहरी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आगामी बर्षमा १३ जना सडक बालबालिका थप गरी २५ जना पुराउृने लक्ष्य राखेको जनाएको छ ।