«

»

तीन कन्या वनको साधारण सभा

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ पुस
दाहाखानी–९, गर्दासमा रहेको तीन कन्या सामुदायिक वनको चौथो साधारण सभा तथा सार्वजनिक सुनुवाई मङ्गलबार सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ चितवनका महासचिव विष्णु सापकोटा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कोषाध्यक्ष सुरामणि मगरले आर्थिक वर्ष २०७०।२०७१को आर्थिक प्रतिवेदन तथा २०७१।७२ को लागि अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।
तीन कन्या सामुदायिक वनले आगामी आर्थिक वर्षमा १५ लाख ३० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको वनका अध्यक्ष दीपक थापा मगरले जानकारी दिए । वनलेको आम्दानीबाट प्रशासनिक खर्च १५ प्रतिशत, वन संरक्षण र वन विकासका लागि २५ प्रतिशत, सामाजिक विकास निर्माणमा २५प्रतिशत खर्च गरिने अध्यक्ष मगरले जानकारी दिए ।
कार्यक्रममा वनका पूर्व उपाध्यक्ष ओमबहादुर मगर, हरिहर सामुदायिक वनका प्रतिनिधि राजेन्द्र ढुंगाना, गर्दास माविका प्रधानाध्यापक रामकृष्ण श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।