«

»

विद्यार्थीलाई लायन्सको सहयोग

सञ्चारपत्र सम्वाददाता
पटिहानी, ८ पुस
लायन्स क्लव इन्टरनेशनलमा आवद्ध लायन्स क्लव अफ् चितवन चौतारीले मंगलबार पटिहानीमा स्कुले विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको छ ।
क्लवले भरतपुर उपमहानगरपालिका–२७ मा रहेको राष्ट्रिय प्राथामिक विद्यालय वीरेन्द्रनगरमा शिशु कक्षादेखि ५ कक्षा सम्म अध्ययन गर्ने सबै विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी वितरण गरेको हो ।
विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको क्लवले यस पटक राष्ट्रिय प्राथमिक विद्यालय वीरेन्द्रनगरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सहयोग गरेको कार्यक्रम संयोजक दीपक अद्वैले बताए ।
लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपाल क्षेत्र नम्वर ३ का चिफ एरिया कोअर्डिनेटर माधव प्रसाद पौडेल प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा लायन्स क्लव अफ चितवन चौतारीका द्वितीय उपाध्यक्ष किशोर पौडेल, राप्रावि वीरेन्द्रनगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर बराम, विद्यालयका प्राचार्य गंगाधर पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष भक्ति प्रसाद चालिसेको अध्यक्षतामा भएको थियो ।