«

»

विद्यालयमा स्टेशनरी वितरण

सञ्चारपत्र सम्वाददाता
लोथर, १८ जेठ
चितवनको अति विकट पहाडी लोथरम गाविसको वडा नम्बर १ चात्राङमा रहेको कालिका राप्राविमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई आइतबार स्टेशनरी सामग्री प्रदान गरिएको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा स्नातक तह दोस्रो वर्ष मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरुले भूकम्पको कारणले क्षति पुगेको लोथर गाविसको वडा नम्बर १ मा पर्ने चात्राङको कालिका राप्राविका विद्यार्थीहरुको लागि कापी, कलम, रङ लगायतका स्टेशनरी सामग्री वितरण गरेका हुन् । क्याम्पसका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सङ्कलन गरेको पैसाले स्टेशनरी सामग्रीहरु वितरण गरेको बताएका छन् । उनीहरुले करिब २२ हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री उक्त विद्यालयमा अध्ययन गर्ने शिशु कक्षादेखि ५ कक्षासम्म विद्यार्थीलाई सहयोग गरेका हुन् ।