«

»

विपन्न विद्यार्थीलाई पोसाक र स्टेशनरी

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ जेठ
रत्ननगरको बछौली सेवा केन्द्र अन्र्तगतका ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई सरकारी स्तरबाट विद्यालय पोसाक र स्टेशनरी वितरण गरिएको छ ।
बछौली सेवा केन्द्र र बाल सञ्जाल बछौलीले बालबालिका लक्षित कार्यक्रम अन्र्तगतको बजेटबाट विपन्न समुदायका एक सय २० जना विद्यार्थीहरुलाई पोसाक र स्टेशनरी वितरण गरेको केन्द्रका प्रमुख वासुदेव रिजालले जानकारी दिए । बछौली उच्च माविमा अध्ययनरत १५, झुवानी उच्च माविमा अध्ययनरत १५, मालपुर माविमा अध्ययनरत १०, राप्रवि बोद्रहनीमा अध्ययनरत १०, राप्रावि टरौलीमा अध्ययनरत १०, पार्वती राप्राविमा अध्ययनरत १० जना र ४० जना सीमान्तकृत मुसहर समुदायका विद्यार्थीहरुलाई पोसाक र स्टेशनरी वितरण गरिएको रिजालले जानकारी दिए ।
कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले सबै विद्यार्थीहरुलाई सो सामाग्री हस्तान्तरण गरेकी थिइन् । बाल सञ्जालका अध्यक्ष सुशान्त विडारीको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछाने, बाल सञ्जालकी सदस्य निशान गुरुङ, ग्रामीण सहजकर्ता अम्बिका गौतम, नेपाली काँग्रेसका केदार चापागाईँ  लगायतले मन्तव्य राखेका थिए ।