«

»

रोट्रयाक्टको अभियान : प्लाष्टिक हटाउँदै फाइवरतिर

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १२ असोज
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को अध्यक्ष तथा सचिवहरुको सन् २०१३÷०१४ को पहिलो राष्ट्रिय भेला भरतपुरमा शनिबार सम्पन्न भएको छ । रोट्रयाक्ट क्लव अफ भरतपुरको आतिथ्यतामा उक्त भेला सम्पन्न भएको थियो ।
भेलाले चितवनलाई प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थ न्यूनिकरण गर्न नयाँ कार्यक्रमको थालनि गरेको छ । क्लवले प्लाष्टिकका झोला संकलन गरेर फाइवरको झोला वितरण गर्ने भेलामा जानकारी गराइयो ।
चितवनलाई प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थ मुक्त जिल्ला घोषणा गर्ने अभियानको थालनी स्वरुप कार्यक्रमका प्रमुख अतिथि डिजीएन रोटरीयन केशव कुँवरले स्मल हेभन मोडल स्कूल, आँपटारीका इन्ट¥याक्ट क्लवको अध्यक्षलाई फाइवरको झोला हस्तान्तरण गरेका थिए । भरतपुरमा भेला सकेर क्लवले पर्साको अन्त्योदय आवासिय माविका विद्यार्थीहरुको लागि निःशुल्क दन्त परिक्षण समेत गरेको थियो ।
सोहि अवसरमा क्लवले संकलन गरेको पुराना कितावहरु सहित सोही विद्यालयमा रोट्रयाक्ट पुस्तकालयको स्थापना गरिएको छ । क्लवले अन्त्योदय माविका विद्यार्थीहरुलाई हात धुने तरिका सिकाउँदै साबुन, ब्रस तथा मञ्जन हस्तान्तरण गरेको क्लवले जानकारी दिएको छ ।
‘प्रेसिडेन्ट सेक्रेटरी’ भेलामा देशभरीका ६० वटा रोट्रयाक्ट क्लवबाट तीन सय ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त भेलाले रोट्रयाक्ट क्लवहरुमा देखिएको समस्याको बारेमा छलफल गरी निराकरणको उपाय समेत खोजेको छ ।
रोट्रयाक्ट क्लव अफ भरतपुरका अध्यक्ष रोट्रयाक्टर पूर्णचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भेलामा डिआरआर रोट्रयाक्टर आशिष चौलागाईँ, रोटरी डिस्ट्रिक्ट ३२९२ जोन ११ एजी मित्रराज दवाडीको समेत उपस्थिति रहेको थियो । भेलामा उपस्थित भएकाहरुलाई रोट्रयाक्ट क्लब अफ भरतपुरका उपाध्यक्ष रोट्रयाक्टर विष्णुकान्त काफ्लेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।