«

»

हाउस वायरिङ तालिम सुरु

सञ्चारपत्र सम्वाददाता
रत्ननगर, ८ पुस
नेपाल पोलिटेक्निक टे«निङ इन्ष्टिच्युट तथा शिक्षा मन्त्रालय इभेन्ट परियोजना र विश्व बैंकको आर्थिक सहयोगमा मंगलबारदेखि तीन महिने हाउस वायरिङ तालिम सुरु भएको छ ।
रत्ननगर नगरपालिकाका ९,१०,११ र १३ का २० जना बेरोजगार युवाहरुलाई लक्षित गरी रत्ननगर– १३, जयमंगलामा तालिम आयोजना गरिएको नेपाल पोलिटेक्निक टे«निङ इन्ष्टिच्युटका प्रतिनिधि प्रदिप अधिकारीले जानकारी दिए ।
नेपाल पोलिटेक्निक टे«निङ इन्ष्टिच्युटका तालिम प्रमुख खेमराज सुवेदीको अध्यक्षतामा भएको उक्त तालिम उद्घाटन कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजाराम रेग्मी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा रत्ननगर– ११ र १३ का वडा सचिव शंकर बहादुर गिरी, प्रशिक्षक दिपेन्द्र भट्ट, कार्यक्रम संयोजक तथा प्रतिनिधि प्रदिप अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।