«

»

चेपाङ केन्द्रलाई खाद्यान्न सहयोग

सञ्चारपत्र सम्वाददाता
रत्ननगर, ५ पुस
रत्ननगर–१०, मंगलपुरमा रहेको चेपाङ संरक्षण केन्द्रलाई शनिबार विभिन्न सामग्री सहयोग गरिएको छ । रोटरी क्लव अफ भरतपुरकी हरिदेवी शर्मा नेतृत्वको टोलीले डाक्टर शान्ता थपलिया मार्फत १० लिटरको प्रेसर कुकर, एक बोरा चामल, एक बोरा भुजा, एक कार्टुन तेल र १४ क्रेट अण्डा सहयोग गरेको हो ।
क्लवका पदाधिकारीहरु केन्द्रमा पुगी उक्त सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै, रत्ननगर घेघौलीमा रहेको सत्यसाई केन्द्रले शनिबार नै बालबालिकालाई एक छाक खाना खुवाएको छ । सो केन्द्रमा चितवन र मकवानपुरका ७४ जना चेपाङ बालबालिका आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।