«

»

शान्ति काव्य विमर्श कार्यक्रम

सञ्चारपत्र सम्वाददाता
गैंडाकोट, ५ पुस
जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान गैंडाकोट नवलपरासीको आयोजनामा शनिबार एसपिएम कलेज गैंडाकोटमा शान्ति काव्य विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले साहित्य बिनाको जीवन निरस हुने भन्दै साहित्यले समाज रुपान्तरणमा सहयोग पु¥याउने बताए ।
त्यस अवसरमा शान्ति समाजका केन्द्रिय अध्यक्ष गंगाधर अधिकारी, कोषाध्यक्ष रेणुका पौडेल, एसपिएम कलेजका प्रमुख साहित्यकार गोविन्दराज बिनोदी, प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष ईश्वरी लौडारी, डा. दिनानाथ सुवेदी, डा.डिवि सिंह लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बाबुराम पाण्डे, बालकृष्ण थपलिया, सृजना अर्याल, गणेश शर्मा, भुमिश्वर चापागाई, इश्वर कँडेल लगायतले आ– आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रम प्रतिष्ठानका डि.आर. पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।