«

»

घेदुङका भातृ संस्थाहरुको अधिवेशन

सञ्चारपत्र सम्वाददाता
भरतपुर, ५ पुस
नेपाल तामाङ घेदुङ चितवनका विभिन्न पाँच भातृ संस्थाहरुको संयुक्त चौंथो अधिवेशन शनिबार भरतपुरमा सम्पन्न भएको छ । छेच्यु थर्पलिङ गुम्बा भोजाडमा महिला घेदुङ, विद्यार्थी घेदुङ, युवा घेदुङ, लामा घेदुङ र साँस्कृतिक घेदुङको चौंथो अधिवेशन संयुक्त रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ महिला घेदुङका केन्द्रिय अध्यक्ष सोनी लामाले सम्पूर्ण भातृ संस्थाहरु एकजुट भएर तामाङहरुको हक हीत र पहिचानको लागि लड्नुपर्ने बताइन् ।
त्यस्तै लोकतान्त्रिक तामाङ संघका केन्द्रिय अध्यक्ष तथा सुकुमवासी आयोग चितवनका अध्यक्ष दावा दोर्जे लामाले तामाङहरु विस्तारै अगाडि आइरहेका भन्दै उनीहरुलाई अझ निडर र सक्षम बनाउन तामाङसम्वद्ध संस्थाहरुले भूमिका खेल्नुपर्ने बताए ।
महिला घेदुङ चितवनकी अध्यक्ष आशा बोम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष गोपीराज लामा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य गोमन सिंह लामा, तामाङ सञ्चार समुह चितवनका सचिव ज्ञानेन्द्र तामाङ लगायतले मन्तव्य राखेका थिए । अधिवेशनबाट सबै संस्थाहरुको नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।