«

»

उद्घोषण तथा पत्रकारिता तालिम

शारदानगर, ५ पुस । पिछडावर्ग उत्थान समाज चित्रवन नगरपालिकाको आयोजनामा शनिबारदेखि पश्चिम चितवनको शारदानगरमा एक हप्ते उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
तालिमको शारदानगर गाउँ विकास समितिका तत्कालिन अध्यक्ष तथा समाजसेवी आश बहादुर लामाले उद्घाटन गरेका थिए । तालिमा ८० जना प्रशिक्षार्थी सहभागी छन् ।
तालिममा नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष पूर्ण शर्मा, सचिव अनिल ढकाल र रुपेश चन्द्र खनालले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।