«

»

ऋण व्यवस्थापन तालिम सम्पन्न

11003209_1016386561723308_1692245564_oसञ्चारपत्र सम्वाददाता
नारायणगढ ९ फागुन
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, फिल्ड कार्यालय चितवनको आयोजनामा नारायणगढमा भएको सहकारीमा ऋण व्यवस्थापन तालिमको शनिबार समापन भएको छ ।
चितवन तथा नवलपरासीका २३ बचत तथा ऋण सहकारीका ३० जनाको सहभागिता रहेको सो तालिम बिहीबारबाट सञ्चालन भएको थियो । तालिमको समापन कार्यक्रममा नेफ्स्कुन सञ्चालक इन्द्रराज ज्योति पौडेल, सहजकर्ता नेफ्स्कुन संचालक दामोदर अधिकारी, संचालक नवराज सापकोटा, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरिश्चन्द्र सुबेदी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले मन्तव्य राखेका थिए ।
सहभागीको तर्फबाट विद्या अधिकारी र विकास पौडेलले तालिम लिएर आफुहरुलाई ऋण लगानी गर्ने प्रक्रिया एवम् ऋण नीति बनाउन सहज भएको बताए ।
समापन कार्यक्रमको अध्यक्षता फिल्ड कार्यालय संयोजक शान्ति अधिकारीले गरेकी थिईन् । तालिमका सहजकर्ता नेफ्स्कुन संचालक दामोदर अधिकारी र ता10999899_1016386905056607_9711799_oलिम अधिकृत नवकुमार अधिकारी थिए । ऋण लगानी गर्नु बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्य एवम् जोखिमको समेत क्षेत्र भएकाले ऋण व्यवस्थापन, जोखिम व्यवस्थापन, ऋणका प्रकार, लगानीका प्रक्रिया, भाखा नाघेका ऋण व्यवस्थापन, ऋण नीति, ऋण समितिको भूमिका आदि विषयमा तालिममा प्रशिक्षण दिईएको थियो ।
यसैबीच फागुनको १६ गतेबाट पर्ल्स तालिम हुने र असार महिनासम्म अन्य दश विषयका तालिम तथा कार्यक्रम गर्ने पनि कार्यक्रममा जानकारी गराईयो ।