«

»

कुखुरापालन तालिम

खैरहनी, ५ पुस । खैरहनी नगरपालिकाका कुखुरापालन गर्ने किसानहरुलाई शनिबार एक दिने कुखुरापालनसम्बन्धी तालिम दिइएको छ । खैरहनी–१, बहेरामा रहेको आशीर्वाद टे«डिङ प्रालिले पञ्चरत्न फिड्स प्रालिको सहयोगमा स्थानीय कुखुरापालक किसानहरुलाई तालिम दिएको हो ।

तालिममा कुखुरापालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापन तथा रोगका बारेमा किसानहरुलाई प्रशिक्षण दिइएको प्रालिका सञ्चालक ऋषि नेपालले जानकारी दिए । तालिममा नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष एवम् पञ्चरत्न फिड्स प्रालिका प्रबन्ध निर्देशक तिलचन्द्र भट्टराई, कृषि क्याम्पसका प्राध्यापक भुमिनन्दन घिमिरेलगायतले प्रशिक्षण दिएका थिए ।