«

»

इन्द्रेणी महिला सहकारीको साधारणसभा

सञ्चारपत्र सम्वाददाता
खैरहनी, ५ पुस
इन्द्रेणी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, खैरहनी–३ को १३औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, भरतपुरका प्राचार्य केशव बहादुर थापा प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा त्रिवेणी विकास बैंक लिमिटेड, पर्साका शाखा प्रबन्धक मनोज कुमार आचार्य, आशिर्वाद बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनुप अधिकारी, महिला विकास तथा बालबालिका कल्याण कार्यालयकी विष्णुमाया रानाभाट, इन्द्रकमल सामुदायिक संस्थाका अध्यक्ष जयन्ती घगडान र रिड्स नेपालका अध्यक्ष मुकुन्द दाहालले मन्तव्य राखेका थिए ।
साधारणसभा इन्द्रेणी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लेखमाया अधिकारीको अध्यक्षतामा भएको थियो ।