«

»

चक्रपथ निर्माणका लागि चासो

रामनगर १२ असोज । भरतपुर–१, स्थित रामनगरमा चक्रपथ निर्माण गर्न स्थानीय वासिन्दाले चासो देखाएका छन् । शनिवार रामनगर टोल विकास संस्था ‘क’ को चौधौं साधारण सभा तथा अधिवेशनका सहभागिहरुले रामनगरमा बाक्लिँदै गएको बस्तीका कारण चक्रपथ निर्माणबाट स्थानीय वासिन्दालाई सहज हुने भन्दै सो विषयमा छलफल गरिएको हो । 
टोल समन्वय समिति वडा नं.१ का अध्यक्ष टंकप्रसाद न्यौपाने प्रमुख अतिथि रहेको सो साधारण सभाको उद्घाटन सत्रमा रामनगर माविका प्रधानाध्यापक जीवनाथ पराजुली, अर्जुन श्रेष्ठ, अनिल गौतम, सरस्वती भट्ट, कुष्माखर अधिकारी लगायतले मन्तव्य राखेका थिए । अधिवेशनले आगामी तीन वर्षका लागि लक्ष्मीदेवी पराजुलीको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा यशोदा कट्टेल, सचिव सीता भट्ट, सहसचिव चित्रबहादृुर न्यौपाने, कोषाध्यक्ष शोभा श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा शान्ता न्यौपाने र रत्नकुमारी नगरकोटी चयन भएको संस्थाले जनाएको छ । अधिवेशनले कुष्माखर अधिकारी, हरिप्रसाद पोखरेल र सरस्वती भट्टलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
अधिवेशनमा संस्थाकी सचिव सीता भट्टले संस्थाको आय–व्यय विवरण पेश गरेकी थिईन् । संस्थाकी कोषाध्यक्ष शोभा श्रेष्ठले कार्यक्रममा स्वाग मन्तव्य व्यक्त गरेकी थिईन् । कार्यक्रम संस्थाकी अध्यक्ष लक्ष्मीदेवी पराजुली सभापतित्वमा सम्पन्न भएको थियो ।