«

»

उपप्रधानमन्त्रीलाई नगरपालिकामा स्वागत

सञ्चारपत्र सम्वाददाता
भरतपुर १६ जेठ
भरतपुर नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत नारायण सापकोटाले शुक्रबार एक समारोहका बीच भरतपुर नगरपालिकामा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई स्वागत एवम् सम्मान गरेका छन् । कार्यक्रममा जिल्लाका विभिन्न पार्टी प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
सम्मान कार्यक्रममा भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत सापकोटाले नगरपालिकाले गरेको कामबारे जानकारी गराएका थिए । सो कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नगरपालिकाबाट जनताको काम छिटोछरितो ढंगले गर्नुपर्ने सुझाव दिए । भरतपुर नगरपालिकालाई सुन्दर र नमुना नगरपालिका बनाउन खोजेकोमा उपप्रधानमन्त्री सिंहले खुलेरै कार्यकारी अधिकृत सापकोटालाई धन्यवाद व्यक्त गरेका थिए ।